fbpx

एनआरएनए अधिवेशन : अध्यक्षमा प्रतिनिधिको रोजाई रबिना

एनआरएनए अधिवेशन : अध्यक्षमा प्रतिनिधिको रोजाई रबिना


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति आइसीसीको आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन्। रबिना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । थापा र आर्चाय प्रजातान्त्रिक समुहका हुन् भने केसी नेकपा एमाले केपी ओली समुहका हुन् । तीन प्रतिस्पर्धीमध्ये थापा बलियो उम्मेदवार हुन् ।

अमेरिका निवासी थापा, आइसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिकाको एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघ संस्था हाकेको राम्रो अनुभव समेत छ । थापालाई युवा र महिलाको साथ र समर्थन छ । थापाले नेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्यमा रही काम गरिसकेकी छिन् ।

अध्यक्षकी उम्मेदवार थापाले आफु आइसीसीको अध्यक्षमा सक्षम र योग्य उम्मेदवार रहेको भन्दै उम्मेदवारी दिने जानकारी दिएकी छन् । उनले भनिन्, ‘मेरो उम्मेदारी कुनै प्रकारको बार्गेनिङ होइन् ।’ उनले बिश्वभरि रहेका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारी दिन लागेको प्रष्ट पारिन् ।

‘यो १८ वर्षको इतिहास हेर्दा आइसीसीको अध्यक्ष पुरुषले मात्र हाक्नु भएको छ,अब पालो महिला हो,’ थापाले भनिन् ।
उनले आफ्नो उम्मेदवारीविरुद्ध मनगढन्ते हल्ला र भ्रम फैलाइएको बताइन । ‘विभिन्न सञ्चार माध्यममा जुन प्रकारका मेरो उम्मेदवारी फिर्ता भनेर हल्ला र भ्रम फैलाइएको छ, त्यसको पछि नलाग्न सबैलाई आग्रह गर्छु ।’

विभिन्न देशका प्रतिनिधिबाट समर्थन :

२०२१ –०२३ का आइसीसीका सचिव पदका प्रत्यासी शंकर खड्का रबिना आफैमा स्वभाविक रुपमा अहिलेको अध्यक्षको उम्मेदवार भएको बताउँछन् । सबैमा मिलाएर लैजान सक्ने क्षमता रबिनामा रहेको उनले बताए । ‘महिलालाई अगाडी लैजाने बोलीमा मात्र सिमित भयो तर व्यवहारमा कार्यान्वयन भएन्,’उनले भने । अहिले सबैलाई मिलाएर लैजान सक्ने सक्षम र योग्य महिला आइसीसीको अध्यक्षमा उठ्छु भन्दा किन साथ नदिने त ? उनले प्र्रश्न गरे ।

महिलालाई अगाडी बढ् भन्ने तर अगाडी बढ्न खोज्दा खुट्टा तान्ने प्रवृत्ति हटाउनु पर्ने उनको भनाई छ । यसैगरी, २०२१ –०२३ का आइसीसीका महासचिव पदका प्रत्यासी विनय अधिकारी रबिना एक सक्षम योग्य महिला भएकाले उहाँलाई सबैले सहयोग गर्नुपर्ने बताउँछन् ।
उनका अनुसार एनआरएनमा महिला नेतृत्वको विषय भाषणमा मात्र सिमित भएको थियो । ‘तर अब एक महिला अगाडी बढ्न खोज्नु भएको छ, उहाँलाई साथ दिएर व्यवहारमा कार्यान्वयन गर्ने मौका हामीले पाएका छौँ । त्यो गुमाउँनु हुदैन् ।’

तपाइको मत