बालविवाह विरुद्ध गुलरियामा जनचेतना मूलक र्याली
- बिहिबार भदौ १७ , २०७८
चुरेकुञ्ज, गुलरिया । बाँके युनेस्को क्लवको बाल विवाह चाडै हुने विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्र्तगत गुलरियामा बालविवाह विरुद्ध जनचेतना मूलक र्याली गरिएको छ । प्लान इन्टरनेशनलको सहयोग तथा गुलरिया नगरपालिकाको सहकार्यमा सचेतना र्याली गरिएको हो ।
गुलरिया नगरपालिका वडा नम्वर ६ लगायत ९ वटा वार्डहरुमा र्याली भएको बाँके युनेस्को क्लव बर्दिया फिल्ड अफिसर शितल विश्वकर्माले बताए । स्वास्थ्य सम्वन्धी सम्पूर्ण सावधानी अपनाउँदै बालविवाह विरुद्ध जनचेतना मूलक र्याली गरेका हौ ।