बालवालिका बिरुद्धको यौनशोषण रोक्न साथीको अभियान
- बिहिबार भदौ १७ , २०७८
चुरेकुञ्ज, गुलरिया । कोभिड महामारीका बेला जिल्लामा बालवालिका तथा युवा विरुद्ध हुने यौन शोषण र बेचविखन रोक्न साथी संस्थाले कार्यक्रम मार्फत अभियान शुरु गरेको छ । जिल्लाका विभिन्न पालिकाहरुमा गरिने बालहिंसा रोक्न साथी संस्था बाँकेले कार्यक्रम अघि बढाएको छ ।
साथी संस्थाले बर्दियामा संचालन गर्न लागेको कार्यक्रमका बारेमा जानकारी तथा परिचय सम्पन्न गरेको छ । परिचयात्मका कार्यक्रममा २०२१ जुलाई १ देखि २०२२ अप्रिल १५ सम्म कार्यक्रम शुरु भएको जानकारी दिईएको छ । बर्दियाको गुलरिया, मधुवन, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा कार्यक्रम संचालन हुने साथी संस्थाका बर्दिया संयोजक कुलराज चौधरीले बताए ।
कोभिड १९ महामारीमा बालवालिका तथा युवा विरुद्ध हुने यौन शोषण तथा वेचविखन रोकथाम परियोजना मार्फत प्लान ईन्टरनेशनलले सहयोग दिएको छ । जिल्लामा करिव १ करोड रुपैया खर्च हुनेछ । गुलरिया नगरपालिकामा कार्यक्रमका लागि संस्थाले २५ लाख ११ हजार रुपैया बजेट विनियोजन गरेको छ । चारवटै पालिकामा यसैको हाराहारीमा बजेट खर्च गरिने चौधरीको भनाई छ ।
कार्यक्रम मार्फत कोभिडका बेला यौन तथा बेचविखनको जोखिममा परेका वालवालिकालाई सुरक्षा, पुर्नवास, पुर्नएकिकरण लगायतका विशेष सेवाहरुमा पहुँच पुर्याउने लक्ष्य रहेको प्लान इन्टरनेशनल बाँकेकी प्रोजेक्ट कोअडीनेटर कमला राईले बताईन् । साथी संस्था बाँकेका सल्लाहकार एवम् नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेस कोषाध्यक्ष यमनाथ घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले प्रमुख आतिथ्यता गरेका हुन् । प्रमुख अतिथी थारुले बालवालिका विरुद्ध सबैजना एकजुट भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, गुलरिया नगरपालिका, शिक्षा तथा समन्वय ईकाई, जिल्ला प्रहरी कार्यालय बर्दिया, गुलरिया नगरपालिका वडा नम्वर ७ र ११ का वडा अध्यक्षहरु, नेपाल पत्रकार महासंघ, गैसस महासंघ, नागरिक समाज संजाल, बर्दिया जिल्ला अदालत बार एशोसियसन, माईती नेपाल लगायतका बालवालिकाका क्षेत्रमा काम गर्ने संघसंस्था लगायत सरोकारवाला निकायहरु सहभागी भएका छन् ।