बर्दिया आर्युर्वेदमा पंचकर्म सेवा
- आइतबार माघ २५ , २०७७
तारा बहादुर सुनार, बर्दिया । बर्दियामा आर्युवेद स्वास्थ्यमा गुणस्तरिय सेवा सहित सुविधा सम्पन्न पंचकर्म सेवा सुचारु भएको छ । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगवाट निर्माण भएको भवनमा पंचकर्म सेवा सञ्चालनमा ल्याईएको हो ।
जिल्ला समन्वय समितीका प्रमुख शंकर प्रसाद थारुले भवनको उद्घाटन गरेका थिए । अस्पतालकी डा. कलावती विश्वकर्माले वर्दियामा आए देखी नै आर्युवेद अस्पतालको विकास, गुणस्तरिय सेवा तथा आर्युवेद विज्ञान लाई सेवाग्राही र सरोकारवालाहरु वीच लैजाने प्रयास गरेको बताईन् । पंचकर्म सेवा विस्तारमा स्थानिय जनप्रतिनिधी सरोकारवालाहरुको विशेष भुमिका रहेकोले थप सहयोग गर्न उनले आग्रह गरेकी छिन् ।
प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आर्युवेद सेवाको गुणस्तरियतामा वृद्धि गराउदै जनता समक्ष लैजान आर्युृवेद अस्पातालले सेवालाई थप प्रभावकारी बनाउनु पर्ने बताएका छन् । पञ्चकर्म आयुर्वेद जिवन जिउने पद्धतीहो यसले जिवनलाई जिउन सिकाउछ । आर्युवेद पद्धतीवाट औषधाउपचार गर्न दरिलो माध्यम पनि हो । शरिरमा रहेका विषक्त पदार्थहरु निकाल्न पञ्चकर्म विधि अपनाउने भएकोले यस पद्धतीलाई जिल्लामा विस्तार गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ ।