fbpx

सशस्त्र प्रहरीद्वारा कुकुरबाट घाईते चितलको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा कुकुरबाट घाईते चितलको सकुशल उद्धार

चुरेकुञ्ज, गुलरिया । बर्दिया जिल्ला मधुबन नगरपालिका वडा नम्वर ३ भगरैयामा अवस्थित वीओपी अगाडी रहेको सम्झना सामुदायिक बनमा पसी घरपालुवा कुकुरहरुले घाईते बनाएको बन्यजन्तु चित्तललाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । कुकुरले लखेटी घाईते बनाई रहेको मेनगेट ड्युटीले देखेपछि उक्त चित्तलको उद्धार गरिएको हो ।

घरपालुवा कुकुरले चित्तललाई टोकेर आक्रमण गरीरहेको अवस्थामा बिओपिबाट सहायक प्रहरी निरिक्षक मगरु चौधरीको कमाण्डमा ५ जनाको टोलिले चितलको जिवितै उद्धार गरेको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्वर हेडक्वाटर बर्दियाका प्रहरी उपरिक्षक नरबहादुर रावतले बताए । घाईते अवस्थामा उद्धार गरिएको चित्तलको सामान्य उपचारपछि डिभिजन बन कार्यालय गुलरिया बर्दियाका बन रक्षक रफिक साईको टोलिलाई बुझाईएको उनले जानकारी दिए ।

तपाइको मत