वेपत्ता परिवारका परिपुरणका लागि तिनै तहका सरकार अघि बढ्ने : लुम्बिनी प्रदेसका मुख्यमन्त्री कुल प्रसाद के.सी.
- मंगलबार भदौ १५ , २०७८
विष्णु अधिकारी, बर्दिया । ११ औं अन्तराष्ट्रिय वेपत्ता पारिएकाहरुको सम्झनामा विभिन्न कार्यक्रमहरु गरि उनीहरुको सम्झनाका साथै परिपुरण न्यायका लागि विभिन्न कार्यक्रहरु गरी दिवस मनाईएको छ । यसै अवसरमा बारबर्दिया नगरपालिकाले वेपत्ता पारिएका पीडितहरुको न्यायका लागि ऐक्यवद्धता जनाउनुका साथै सरोकारवालाहरुलाई संक्रमणकालीन न्यायको संवेदनशिलता स्मरण गराउन बारबर्दिया नगरपालिकाले सामाजिक विकासका परिपूरणीय कार्य गरेको जनाएको छ ।
बारबर्दिया नगरपालिकाले वेपत्ता अन्तराष्ट्रिय दिवस पारेर थारु भाषा गोचाली परिवार २०२८ जनसेवा मा.वि वैदीका संस्थापक समाजसेवी, वुद्धिजीवि सगुन लाल चौधरीको सालिक अनावरण लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी.ले गरेका थिए । सोही अवसरमा मुख्य मन्त्री के.सी. ले आफु जुन धरातल र योगदानबाट आएको हुँदा वेपत्ता नागरिकको परिपूरण न्यायका लागि आफु लागिपरेको बताएका छन् । सोही अवसरमा बारबर्दिया नगरपालिका वडा नं. १० मा रहेको वेपत्ता स्मुृती पार्क कुम्भर अड्डाको मुख्यमन्त्री के.सी. ले रिबन काटी पार्कको उदघाटन तथा अवलोकन गरेका थिए ।
सोही अवसरमा मुख्यमन्त्री के.सी.ले पार्कलाई बर्दियाको नमुना पार्क बनाउन आफुले प्रदेशबाट सहयोग गर्ने बताएका छन् । के.सी. ले पार्कको प्राकृतिक सौन्दर्यता नविर्गने गरि निर्माण गर्न निर्देशन दिएका थिए । बारबर्दिया नगरपालिका वडा नं. १० बेलभारमा अवस्थित जनतासँग मेयर कार्यक्रम बाल संरक्षण केन्द तथा आवासिय भवनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी. ले समुद्घाटन गरेका छन् । जनतासँग मेयर कार्यक्रम बाल संरक्षण केन्द्रमा अभिभावक गुमाएका बालबालिकाहरुले आवासियका साथै शिक्षा प्राप्त गर्ने बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारुले बताएका छन् ।
सोही अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी. ले शहीद, वेपत्ता र घाइते योद्धाहरुको अतुलनिय योगदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था सफलताका लागि बारबर्दिया नगरपालिकाले परिपुरणका लागि सुरुवात गरेको कार्यले आफु प्रभावित भएको बताए । वेपत्ता परिवारलाई न्याय दिनका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले विशेष कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन् । कार्यक्रममा प्रदेश सदस्य तिलक शर्मा, बर्दियाका पालिकाका प्रमुख, उपप्रमुख शहिद वेपत्ता परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो ।