fbpx

राजापुरको बिरयानी पसलबाट नशालु औषधी सहित एक पक्राउ

राजापुरको बिरयानी पसलबाट नशालु औषधी सहित एक पक्राउ

चुरेकुञ्ज, बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नम्वर ४ बजार स्थित संचालनमा रहेको विरयानी एण्ड कफी शपबाट प्रहरीले लागुऔषध (नशालु औषधी) सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सोही निवासी बर्ष ३१ का अलिम अन्सारीलाई लागुऔषध कारोवारको आरोपमा नियन्त्रणमा लिईएको हो ।

पसलमा शंका लागि खान तलासी गर्दा विभिन्न नामका प्रतिवन्धित १ हजार २५४ वटा ट्यावलेटहरु फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए । प्रहरीले पसलबाट नाईट्राभेट ५७० ट्यावलेट, स्पासमो प्रोक्सीभोन आर प्लस २६४ र अल्प्राजोलम नामको ट्यावलेट ४२० वटा फेला परेको जनाएको छ ।

अन्सारीको पसलबाट भीभो कम्पनीको मोवाईल १ थान, विभिन्न दरका नेपाली रुपैया ३ हजार ७७० र भारतीय रुपैया २२० बरामद गरिएको छ । प्रारम्भिक अनुसन्धानबाट अन्सारी लागु औषधको कारोवारी भएको खुल्न आएकोले थप अनुसन्धान भैरहेको डिएसपी शाहीले जानकारी दिए ।

तपाइको मत