fbpx

सशस्त्र प्रहरीद्वारा मोटरसाईकल सहित अवैंध सामाग्री बरामद

सशस्त्र प्रहरीद्वारा मोटरसाईकल सहित अवैंध सामाग्री बरामद

चुरेकुञ्ज, गुलरिया । सशस्त्र प्रहरी बल सीमा सुरक्षाकर्मीहरुले भारतबाट नेपाल भित्र्याउँदै गरेको अवैंध सामाग्रीहरु बरामद गरेको छ । भारतीय नम्वर प्लेटको मोटरसाईकल सहित विविध सामाग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल ३१ नम्वर हेडक्वाटर बर्दिया मातहतका वीओपीहरुले अवैंध चिनि, भेली, सिसा कचौरा, गिलास, सालको काठ गरी १ लाख ४१ हजार ७६० रुपैया मुल्य बराबरको सामाग्रीहरु बरामद गरेको हेडक्वाटर बर्दियाका सशस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावतले बताए । बरामद सामाग्रीहरु सम्वन्धित निकायमा वुझाईएको उनले जानकारी दिए ।

तपाइको मत