मानव बेचविखन रोक्न सरोकावालाहरुको प्रतिबद्धता
- आइतबार भदौ १३ , २०७८
मुरली गोडिया, गुलरिया । बर्दियामा मानव बेचविखन रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला निकाय प्रतिवद्ध भएका छन । माइती नेपाल बर्दियाले गुलरियामा आयोजना गरेको एक अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले मानव बेचविखनका घटना रोकथाम तथा नियन्त्रण गर्न सवैजना लाग्नु पर्नेभन्दै प्रतिवद्धता जनाएका छन ।
बर्दिया जिल्ला मानव बेचविखनको केन्द्र विन्दु मानिन्छ । तसर्थ बर्दिया जिल्ला जोखिममा रहेको छ । नेपालका विभिन्न पहाडी तथा हिमाली जिल्लाका नागरिकहरुलाई बेचविखनका घटनामा समाहित गर्न बर्दिया जिल्लाको सिमालाई प्रयोगगर्दै आएको विगतले देखाउने गरेको छ । गुलरिया नगरपालिकाका ८ वटा वडाहरु भारतिय सिमासंग जोडिएका छन । जहाँ स्थानिय स्तरमा युवायुवती लगायतको उपस्थितीमा निगरानी समुहहरु समेत निर्माण गरि घटना रोकथामका निम्ती कार्यगर्दै आएको गुलरिया नगरपालिकाकी नगर उपप्रमुख शुशिला गीरीले जानकारी दिनुभयो ।
बर्दिया जिल्लाका अधिकांश नगारिकहरु वैदेशिक रोजगारीका लागी जाने गरेको र यस्ता घटनाको सिकार समेत हुने गरेको सहभागीले बताए । अशिक्षा, जनचेतनाको कमी, गरिबी, कमजोर आर्थिक स्थिती लगायतका कारणले नागरिकहरु मानव बेचविखनमा पर्ने गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताउनु भयो ।
स्थानिय सरकारले स्थानिय स्तरमा नै रोजगारीको सिर्जना गरि बेरोजगार महिला तथा पुरुषहरुलाई आयआर्जनका क्रियाकलापमा संलग्न गराउन आवश्यक रहेको उहाँको भनाई छ । माइती नेपाल बर्दियाले गरेको उक्त अन्तक्रिया कार्यक्रममा बर्दिया प्रहरीका डिएसपी हेमबहादुर शाही, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, गैरसरकारी संस्था महासंघका अध्यक्ष विष्णु प्रसाद तिमिल्सेना, सरकारी वकील कार्यलयका प्रमुख, नेपालबार एशोसियसनका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो । फ्री अ गर्लको आर्थिक सहयोगमा उक्त अन्तक्रिया कार्यक्रम गरिएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिनु भयो ।