बालविवाह रोकथाममा स्थानिय सरकारलाई जवाफदेहि बनाईंदै
- बिहिबार भदौ १० , २०७८
चुरेकुञ्ज, बर्दिया । बाँके युनेस्को क्लब नेपालगंज द्वारा प्लान इन्टरनेशनल संगको साझेदारीमा संचालित गल्र्स गेट इक्वेल ः प्रिभेंटिंग चाइल्ड, अर्ली एण्ड फोर्सड म्यारिज प्रोजेक्ट अन्तर्गत नेपाल सरकारको बाल विवाह अन्त्यको लागि सन् २०३० सहितको रणनितिक लक्ष्य, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्राथमिकता, नीतिगत तथा कानुनि व्यवस्था, चालु पन्ध्रौ योजना लगायतका क्षेत्रका बारेमा छलफल गरिएको छ ।
स्थानीय सरकार, बालअधिकार समिति, नागरिक समाज तथा गैर सरकारी सस्थाको प्रगति समिक्षा, बाल विवाह अन्त्यका लागि स्थानीय सरकारको नीतिगत तथा कानुनि र बजेट कार्यक्रमिक व्यवस्था, घटना व्यवस्थापन, समग्र चुनौती तथा सवालबारे भर्चुअल बैठक गरिएको हो । गुलरिया नगरपालिका, बाल अधिकार समिति र नागरिक समाज संग बाल विवाह न्युनिकरण तथा रोकथाम मा स्थानीय सरकार को प्रगति समिक्षा विषयक अंतराक्रियात्मक कार्यक्रम नगर उपप्रमुख तथा बाल अधिकार समिति का संयोजक सुशिला गिरिको अध्यक्षतामा भएको हो । कार्यक्रममा बाल अधिकार समिति, नागरिक समाज र जनप्रतिनिधिहरु को सहभागिता थियो ।
यसै गरि परियोजना क्षेत्रको बाँसगढी, राजापुर र बढैयाताल मा पनि यसरि नै छलफल समिक्षा तथा अन्तर्क्रिरयात्मक कार्यक्रम गरि बाल विवाह विरुद्धको प्रगति प्रतिवेदन तयार गरि जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारि, जिल्ला प्रहरी कार्यालय, तथा चार वटै पालिकाका नगर÷गाउ प्रमुख उपप्रमुख, पत्रकार, नागरिक समाज तथा गैर सरकारी संस्था संग जिल्ला स्तरीय समिक्षा गरि समग्र वाल बिबाह विरुद्धको प्रतिवेदन तयारि गरि सम्माननीय प्रधानमन्त्रीलाई बर्दिया जिल्लामा बालविवाहको अवस्था तथा स्थानीय सरकारको योगदान, अवसर र चुनौती बारे कार्यपत्र प्रस्तुत गरिने बारे परियोजना संयोजक बसन्त कुमार वि.सी ले बताउनु भयो ।