fbpx

बालविवाह अन्त्य अभियानमा बर्दियाका युवाहरु

बालविवाह अन्त्य अभियानमा बर्दियाका युवाहरु

चुरेकुञ्ज, गुलरिया । बाल विवाह, छिटो विवाह तथा जवरजस्ती हुने विवाह रोकथाम परियोजना अन्र्तगत बर्दियाका युवाहरु बाल विवाह अन्त्य अभियानमा जुटेका छन् । बाल विवाह रोकथाम सम्वन्धी तालिम पाएपछि युवाहरु कुरिती विरुद्धको अभियानमा जुटेका हुन् ।

परियोजना मार्फत जिल्लाको गुलरिया, राजापुर, बाँसगढी नगरपालिका तथा बढैयाताल गाउँपालिका अन्र्तगतका युवाहरु टोल टोलमा हुने बाल विवाह रोकथाम गर्ने अभियानमा जोडेको परियोजना संचालक बाँके युनेस्को क्लव बर्दियाका फिल्ड अधिकृत शितल विश्वकर्माले बताए । परियोजनाका लगि प्लान इन्टरनेशनलले सहकार्य गरेको छ । युवाहरु सामाजिक भेदभावसहितको कुरिति अन्त्य गर्ने अभियानमा छन् ।

जसअन्र्तगत गुलरिया नगरपालिका वडा नम्वर १२ बाट बाल विवाह रोकथाम सम्वन्धी तालिममा सहभागी १० जना युवाहरुले अन्य वडाहरुमा पुगी मधेसी मुस्लिम समुदायका आमा समूह, कृषक समुहका दुई दर्जन सदस्यहरुलाई बाल विवाह, यसको असर, कानूनी प्रावधान तथा बाल विवाह रोकथाममा अभिभावक लगायत समुदायको भुमिकाका बारेमा प्रशिक्षण दिएका छन् । मधेसी समुदायहरुमा बाल विवाहको प्रचलन कायम रहेकाले अभियान मार्फत रोक्ने प्रयास गरिएको हो ।

तपाइको मत