fbpx

राजापुरमा राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा राहत वितरण

राजापुरमा राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा राहत वितरण


चुरेकुञ्ज, गुलरिया । राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाको आयोजनामा सामुदायिक सशक्तिकरण तथा विकासका लागि स्थानिय पहल परियोजना अन्र्तगत राजापुर नगरपालिका वडा नम्वर ७ मा अपांगता परिवार, एकल महिला, अनाथ बालबालिका परिवार एवंम अति विपन्न परिवारहरुलाई खाद्य सामाग्री तथा कोरोना महामारीबाट सुरक्षित हुनका लागि स्वच्छता तथा सरसफाई सामाग्री वितरण गरिएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको आयोजनामा राजापुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष मथुरा प्रसाद थारुको रोहवरमा सो सामाग्री वितरण गरिएको छ ।

वितरण कार्यक्रममा संस्थाका परियोजना संयोजक निर्मल चौधरीले परियोजनाद्धारा संचालन भई रहेको गतिविधी एवंम् खाद्य सामाग्री तथा स्वास्थ्य तथा सरसफाई सामाग्रीको परिमाण एवंम लागत मूल्य सहित प्रष्ट पार्नु भएका थियो । खाद्य सामाग्री स्पेयर स्टेण्डर मापदण्ड अनुसार १२ दिनको लागि पुग्ने गरि वितरण गरिएको जानकारी दिनु भयो । चौधरीले ५५ घर परिवारलाई खाद्य सामाग्री, ५५ घर परिवारलाई स्वच्छता सामाग्री तथा १५ घर परिवारलाई एलआईसीईडी परियोजनाबाट अति विपन्नलाई बर्षाको बेलामा घरको छाना चुहिने परिवारहरलाई इमरजन्सी सेल्टरको रुपमा त्रिपाल सहयोग गरिएको जानकारी गर्नु भयो । साढे २ लाख मूल्य बरावरको सामाग्री वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवंम वडा नम्वर ७ का वडा अध्यक्ष मथुरा प्रसाद थारुले सहयोगले वडामा भएका अति विपन्न परिवारहरुलाई निकै ठूलो राहत पुगेको बताउदै अझै पनि धेरै घर परिवारहरुलाई यस्ता सहयोगको खाचो रहेको कुरा औल्याउनु भयो । साथै सहयोगी संस्था राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया र सहयोगी संस्थाहरुलाई थारुले धन्यवाद दिनु भएको छ ।

तपाइको मत