नागरिक समाज संजाललाई क्षमता अभिबृद्धि तालिम
- बुधबार भदौ ९ , २०७८
चुरेकुञ्ज, गुलरिया । बर्दियाका नागरिक समाज संस्थाहरुलाई क्षमता अभिबृद्धि तालिम दिईएको छ । बाँके युनेस्को क्लवले बाल विवाह सानो उमेरमा गरिने विवाह रोकथाम परियोजना अन्र्तगत नागरिक संस्थाका प्रतिनिधिहरुलाई संस्थागत क्षमता तथा नेतृत्व विकास सम्वन्धी तालिम दिएको हो ।
बर्दियाको गुलरियामा वुधवारदेखि शुरु गरिएको तालिम शुक्रवार सम्म ३ दिनको लागि संचालन हुने बाँके युनेस्को क्लव बर्दियाका फिल्ड अधिकृत शितल विश्वकर्माले बताए । कार्यक्रम मार्फत नागरिक संस्थाका प्रतिनिधिहरुको संस्थागत क्षमताको विकास हुने विस्वास लिईएको छ । कार्यक्रममा नागरिक समाज संस्थाका १५ जना प्रतिनिधिहरु सहभागी रहेको उनले जानकारी दिए । कार्यक्रम तथा परियोजनाका लागि प्लान इन्टरनेशनलले सहकार्य गरेको छ ।