नेपालको वैज्ञानिक प्रतिस्पर्धामा बर्दियाका प्रान्जल ज्ञवाली प्रथम
- बुधबार भदौ ९ , २०७८
चुरेकुञ्ज, बर्दिया । युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालय बिच सम्झौता भए बमोजिम प्राबिधिक रुपमा टानद्वारा आयोजित आर्थिक वर्ष २०७७/७८ को लागि बिद्यालय स्तरीय स्टान युनेस्को बिज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ सम्पन्न भएको छ । परोपकार माद्यामिक बिद्यालय, काठमाडौंको आईसीटी कक्षमा आयोजित अन्तिम प्रतिस्पर्धामा सातै प्रदेशबाट छनौट भइ आएका १४ जना प्रतिस्पर्धी बिद्यार्थीहरुले बैकल्पिक माध्यमबाट आ–आफ्नो बिज्ञान प्रतिभा युक्त परियोजना प्रस्तुत गरेका थिए ।
बिद्यार्थीले निर्माण गरेका परियोजनाको मुल्यांकन नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान नास्टका बरिष्ठ बैज्ञानिक तथा प्रवक्ता डा. सुरेश कुमार ढुंगेलको विशेष भौतिक उपस्थितमा पाँच सदस्यीय बिज्ञ मुल्यांकन समितिबाट भएको स्टानका प्रवक्ता डम्बरु प्रसाद पोखरेलले प्रेस विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ । युनेस्को नेपाल सचिवालयका सहायक महासचिव डा. बाबुराम अधिकारि प्रमुख अतिथि, नास्ट प्राज्ञ तथा युनेस्को विज्ञान समिती संयोजक प्रा. डा. रमेश मास्के, त्रि.वि. प्रा. डा. रामेश्वर अधिकारी तथा सचिवालय सचिव युबराज पौडेल विशेष अतिथिहरू रहेको कार्यक्रममा देशै भरिबाट करीब १०० भन्दा बढी बिज्ञान शिक्षक र बिद्यार्थीहरु सहभागी थिए ।
प्रत्यक्ष रुपमा १५ जना स्टान पदाधिकारी तथा बिज्ञ आईसीटी कक्षमा सहभागी थिए । कार्यक्रमको सभापतित्व स्टान अध्यक्ष खिल कुमार प्रधानद्वारा गरिएको थियो । स्टान सचिव तथा कार्यक्रमका सदस्य सचिव मनोज आचार्यद्वारा संचालित कार्यक्रम स्टान प्रवक्ता डम्वरु प्रसाद पोखरेलद्वारा संयोजन गरिएको हो । बिशेष रुपमा कक्षा –१० सम्म अध्ययन गर्ने विद्यार्थीहरुमा भएको बिज्ञान प्रतिभा प्रस्फुटन गरि राष्ट्रिय अन्तराष्ट्रियकरण गर्न आयोजित कार्यक्रममा पहिलो चरणमा सातै प्रदेशमा छुट्टा छुट्टै प्रतिस्पर्था गराई प्रत्येक प्रदेशबाट २÷२ जनाका दरले केन्द्रिय प्रतिस्पर्धाका लागि १४ जना बिद्यार्थी छनौट गरिएको थियो ।
अन्तिम प्रतिस्पर्धाबाट श्रीभगवती मा बि, बर्दियाका प्रान्जल ज्ञवाली प्रथम भएका छन । श्री होराइजन मा बि, कपिलबस्तुका अनुसन्धान पोखरेल द्वितीय, श्री आदर्श मा बि, बिराट नगरका श्रेता पोखरेल तृतीय र श्री पद्मकन्या मा बि, काठमाडौंका स्वीकृति बास्तोला चतुर्थ हुनुभएको छ्र । उत्कृष्ठ भएका विद्यार्थीहरुलाई आगामी असोज–१ गते राष्ट्रिय बिज्ञान दिवसको दिन प्रमाण पत्र र सम्मानका साथ नगद पुरस्कार प्रदान गरिने छ ।
उनीहरुलाई १० हजार, ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्रदान गरिनेछ्र । बिद्यालय बिज्ञान शिक्षा प्रवर्धन गर्न कटिबद्ध स्टान–युनेस्को नेपाल राष्ट्रिय आयोगको सचिवालयद्वारा आयोजित कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने बिद्यालय बिज्ञान सरोकारवाला बिज्ञान शिक्षक, शिक्षा कर्मी, अभियन्ता, पत्रकार, बिद्यार्थी तथा नेपालका बैज्ञानिक समुदाय प्रति स्टान केन्द्रले हार्दिक आभार व्यक्त गरेको प्रवक्ता पोखरेलले विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।