संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद : बास्तोला
- बुधबार भदौ ९ , २०७८
चुरेकुञ्ज, बर्दिया । विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला (कंचन) ले अहिलेको राजनीतिक संकटको निकास संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको वताउनु भएको छ । नेकपाको वाँके र वर्दिया जिल्लाको संयुक्त कार्यकताको राजनैतिक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता वास्तोलाले त्यसको लागि प्रगतिशील संयुक्त सरकार गठन गरि संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतसंग्रह गर्नु पर्ने वताउनु भयो ।
उहाँले आफ्नो पार्टीका महासचिव सहितको टिमले मुलुकका सवै संसदवादी पार्टीहरुका नेतृत्व संगको भेटघाटमा कसैले पनि वैज्ञानिक समाजवादको विरोध नगरेको र विकल्प पनि दिन नसकेको खुलासा गर्नु भयो । भन्नु भयो “सवै पार्टीका नेताहरु संसदीय व्यवस्थावाट असन्तुष्ट छन् तर उनीहरु विकल्प दिन पनि नसक्ने अवस्थामा छन । ” आफ्नो पार्टीेले वृहत कम्युनिष्ट एकताको अभियान संचालन गर्ने प्रष्ट्याउँदै उहाँले घोषण गर्नुभयो वैज्ञानिक समाजवादको लागि प्रगतिशील संयुक्त सरकार गठन र जनमत संग्रहमा जाने सहमतिगर्दै सवै कम्युनिष्ट संग एकता गर्छौ ।
नेपाली जनताको सुरक्षीत आवास, निशुल्क स्वास्थ्य, शिक्षा, रोजगारको शुनिश्चितता भएको वैज्ञानिक समाजवाद आफ्नो पार्टीले खोजेको उहाँको भनाई छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा हालै जेलवाट छुट्नु भएका नेता भरत वम (रणवीर), जय वहादुर वाँठा र आशिसलाई दोसल्लाह ओढाएर सम्मान गरिएको थियो । सम्मानपछि नेता रणवीरले संक्षिप्त मन्तव्य राख्दै तत्कालीन सरकारले ४० वुदे सहमति पुरा नगर्दा जनयुद्ध गर्नु पर्यो, वर्तमान सरकारले ३ वुदे सहमति यदि पुरा नगरेमा कुनै अर्को क्रान्ति नहोला भन्न सकिदैन ।
तीन वुदे सहमतिको प्रतिवन्ध फिर्ता लिने काम वाहेक अरु कुनै पनि सहमति सरकारले कार्यान्वय नगरेको उहाँको दावी छ । सरकार संग तीन वुदे सहमति यथाशिघ्र कार्यन्वय गर्न मागगर्दै नेता वमले जेल भित्रको आफ्नो अनुभूति राख्दै पार्टीले कुनै पनि काम गर्दा एकरुपताका साथ गर्नु पर्ने उहाँको सुझाव छ । आफुले जेल वस्दा ३ ग को भूमीका अलि अलि भएपनि पुरा गरेको दोहोर्याउनु भयो ।
कार्यक्रममा वाँके र वर्दिया जिल्लावाट सहभागी नगर तथा गाउँ कमिटिका इन्चार्जहरुले रिपोर्ट राख्दै पार्टीका केही नेताहरु आर्थिक काम वाहेक संगठनको काममा नलागेको वताएका थिए । जनतामा तीन वुदे सहमति, वैज्ञानिक समाजवाद, वार्ता प्रक्रिया लगायतका विषमा अहिले पनि भ्रम पैदा भएको भन्दै त्यसलाई चिर्न नेता कार्यकर्ताहरु जनतामा फर्किनु पर्ने सुझाव दिएका थिए ।
गणेश चौधरीको संचालन, अनिलको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा वाँके वर्दिया जिल्ला इन्चार्ज दिपक, रुकुम पश्चिम जिल्ला इन्चार्ज विश्व, जाजरकोट सेक्रेटरी अनन्त, विशेष समिति सदस्य हिमशिखर लगायतका नेताहरुको सहभागीता रहेको थियो ।