fbpx

जन्मदिनको अवसरमा निलसागर सेवा केन्द्रलाई सहयोग

जन्मदिनको अवसरमा निलसागर सेवा केन्द्रलाई सहयोग

हरि गुरुङ्ग, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नम्वर ६ निवासी दिपेश सुनारले आफ्नो जन्मदिनको अवसरमा सहयोग हस्तान्तरण गरेका छन् । उनले निलसागर मानव सेवा केन्द्र मधुवनलाई जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका छन् ।

मधुवन नगरपालिका वडा नम्वर ८ मा अवस्थित सेवा केन्द्रलाइ ५० किलोग्राम चामल लगायत मिठाईहरु उपलब्ध गराएको उनले बताए । दिपेश मधुवन नगरपालिका वडा नं.–६ का वडा अध्यक्ष भक्तबहादुर सुनारका कान्छा छोरा हुन् । सहयोग उपलब्ध गराएका सुनारलाई सेवा केन्द्रका बृद्ध आमाहरुले आशीर्वाद दिएका छन् ।

जन्मदिनमा गरिने विभिन्न फजुल खर्च कटाएर मानव सेवामा सहभागी हुन पाएकोमा सुनारले खुशी ब्यक्तगर्दै सम्पुर्ण युवा साथीभाईलाई समाजसेवामा लाग्न अनुरोध गरेका छन् ।

तपाइको मत