fbpx

लागुऔषध ब्राउनसुगर बेचविखनको आरोपमा युवक पक्राउ

लागुऔषध ब्राउनसुगर बेचविखनको आरोपमा युवक पक्राउ

हरिवंश पाण्डे, बर्दिया । बर्दियाको सदरमुकाम गुलरियामा लागुऔषध ब्राउनसुगर सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जको संयुक्त टोलीले गुलरिया नगरपालिका वडा नम्वर २ खैरापुर निवासी ३५ बर्षिय अकलेस यादवलाई लागुऔषध बेचविखनको आरोपमा पक्राउ गरेको हो ।

बा. ८५ प. ९८२८ नम्बरको रोयल इनफिल्ड मोटरसाइकलमा सवार यादवलाई शंका लागि खानतलासी गर्ने क्रममा निजको साथबाट ३० थान ससाना पुरियामा प्याक गरिएको अवस्थामा ब्राउनसुगर २७ ग्राम ५०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।

मोटरसाइकल सहित युवक र उनको साथबाट एकथान मोवाईल सेट समेत नियन्त्रमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागूऔषधको कारोबारी रहेको खुल्न आएकोले निज उपर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइको मत