सानोश्रीमा मास्क नलाउनेलाई निःशुल्क मास्क वितरण
- सोमबार भदौ ७ , २०७८
हरि गुरुङ्ग, मधुवन । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं.–६ मा रहेको समानता समाज केन्द्रले मास्क नलगाएर बाटोमा हिडडुल गर्ने ब्यक्तिहरुलाई मास्क वितरण गरेको छ । समानता समाज केन्द्र बर्दियाको युवा, खेलकुद तथा यातायात ब्यवस्था बिभागका प्रमुख लोकबहादुर बि.क.को समायोजनमा मास्क वितरण गरिएको हो ।

कोरोना महामारिको जोखिम बढिरहेको हालको विषम परिस्थितिमा मास्कको प्रयोग घट्दै गैरहेको यथार्थलाई मध्यनजर गर्दै कोरोनाको जोखिम कम गर्ने उदेश्यका साथ इलाका प्रहरी कार्यालय सानोश्रीको आयोजनामा संचालित “अनिबार्य मास्क लगाऔ कोरोना भगाऔ“ भन्ने जनचेतना मुलक अभियान मास्क बाड्दै सफल पारिएको छ ।
सबैले अनिबार्य रुपमा मास्कको प्रयोग गरि अभियानलाई सफल बनाउन सम्बन्धित सबैमा ईलाका प्रहरी कार्यालय सानोश्रीले अनुरोध गरेको छ । अभियानलाई मास्क सौजन्य गरि सहयोग गर्ने सामाजिक अभियन्ता केशवराज अधिकारीलाई समानता समाज केन्द्रले धन्यवाद दिएको छ ।