समुदायलाई बन्यजन्तुबारे सचेतपार्दै शसस्त्र प्रहरी
- शनिबार भदौ ५ , २०७८
हरि गुरुङ्ग, मधुवन । शसस्त्र प्रहरी वोर्डर आउट पोस्ट (वीओपी) भग्रैयाले समुदायलाई बन्यजन्तुबाट सुरक्षित पार्न सचेतनामूलक कार्यक्रम गरेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नं.–१० भगतपुर र मधुवन नगरपालिका वडा नं.–३ मुक्त कमैया टोलमा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको हो ।
सशस्त्र प्रहरी वल नेपाल बोर्डर आउट पोष्ट भग्रैया मधुवन नगरपालिका वडा नं.–३ ले आर्थिक बर्ष गत बर्षको तथ्यांक अनुसार सो क्षेत्रमा १९ वटा घटना घटेको जसमा; मानवीय क्षति ६ जना, घाइते २ जना र १२ वटा पशुचौपायाको क्षती भएको जनाएको छ । चालु बर्षमा १ जना मानवीय क्षति भएको बि.ओ.पि. भग्रैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरले बताउनु भयो ।
वन्यजन्तु द्वन्द्व न्यूनीकरण कालागि सचेतपार्दै घर अगाडि बिजुली बत्ति जंगल तर्फ फर्काएर बाल्ने, सकेसम्म जंगलभित्र नपस्ने पस्नै परे समुह बनाएर पस्ने, घरका वरिपरि भएका झाडी बुट्यान सफा गर्ने, बेलुका अबेरसम्म केटाकेटीलाई घर बाहिर खेल्न नदिने र संकट बिपत्ति परेको बेला सशस्त्र प्रहरी वल टोल फ्री नं. १११४ मा सम्पर्क गर्ने लगायतको जानकारी गराईएको थियो । टोलफ्रि नम्वरमा सम्पर्क गर्दा पैसा नलाग्ने निरीक्षक मगरले जानकारी दिनुभएको छ ।