fbpx

बर्दियामा वामदेवको एकता अभियान

बर्दियामा वामदेवको एकता अभियान

चुरेसमाचार, बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको गृह जिल्ला बर्दियामा नेकपा एकता राष्ट्रिय अभियानको शुभारम्भ भएको छ । शर्मा चौधरीको संयोजकत्वमा १०१ सदस्यीय बर्दिया जिल्ला समन्वय समिति गठनगर्दै अभियानले काम शुरु गरिएको छ ।
आईतबार बर्दियाको गुलरियामा बसेको भेलाले ५ पदाधिकारी र ९६ सदस्य सम्मिलित जिल्ला समन्वय समिति निर्माण गरेको छ । सहसंयोजकमा हरी अधिकारी, सचिव अंगद श्रेष्ठ, सहसचिव विनोदकुमार परियार र कोषाध्यक्षमा लालप्रसाद खरेललाई चयन भएको एकता अभियान बर्दियाका नवनियुक्त सचिव एवम् प्रवक्ता अंगद श्रेष्ठले जानकारी दिए ।
नेकपा प्रचण्ड–माधव र नेकपा प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन पश्चात दुई कित्तामा उभिएपछि एक आपसमा भैरहेका निकृष्ट भाषिक प्रक्षेपणहरुको अन्त्यगर्दै दुवै समूहलाई एकै नेकपा वनाउने उद्देश्यले एकता राष्ट्रिय अभियानको परिकल्पना भएको बताए । केन्द्रिय संयोजक एवम् नेकपा उपाध्यक्ष वामदेव गौतमले शुरु गरेको अभियानलाई बर्दियाबाट पूर्ण रुपमा कार्यान्यनगर्दै लगिने उनको दावी छ ।
एकता राष्ट्रिय अभियानमा संलग्न नेता कार्यकर्ताहरुले संयमता, धैर्यता, शालिनता अनुशासित र मृदुभाषी भै नेकपाका दुवै समूह तर्फ लागेका ब्यक्तीहरु समक्ष वाम एकताको अपरिहार्यताका बारेमा तर्कसंगत तरिकाले आफ्ना भनाईहरु राख्ने अभियानको लक्ष्य हो । श्रेष्ठले थपे कसैलाई अपमानित गर्ने, अपशब्द, अभद्र ब्यवहार जस्ता अवाञ्छित कृयाकलाप नगर्न सबैमा हाम्रो अनुरोध छ ।
पार्टी एकताले नै संविधानमा उल्लेखित समाजवाद उन्मुख शब्दको पूर्णरुपमा कार्यान्वय हुने भएकाले एकता राष्ट्रिय अभियानलाई निष्कर्षमा पुर्याउन आ–आफ्नो स्थानबाट लाग्न सबैलाई प्रेरितगर्दै पार्टीलाई एकताको शूत्रमा बाध्ने हाम्रो प्रयास हो । अभियानलाई बर्दियामा थप शसक्त बनाउँदै लैजाने क्रममा छौं । जिल्ला समिति गठन भैसकेको छ । अव सचिवालय, नगर, वडासँगै गाउँ समितिहरु पनि विस्तार गर्छौ । समितिहरुले पूर्णता पाएपछि अभियानका थप कार्यक्रमहरु अगाडी ल्याउँछौं ।
जिल्लामा दुवै पक्षका नेता, कार्यकर्ताहरु सँगको भेटघाटलाई तिव्रता दिदै बोली ब्यवहार तर्फ सचेत पार्छौ । गाउँ, नगर, जिल्ला स्तरमा र्याली, कोणसभा, आमसभा मार्फत दुवै समूहलाई एकताको दवाव दिने हाम्रो आगामी कार्यक्रम छ । जसका लागि दुवै समुहका नेता कार्यकर्ता एवम् जिल्लावासीहरुलाई सहयोगको लागि हार्दिक अपिल पनि गरेका छौं प्रवक्ता एवम् जिल्ला सचिव श्रेष्ठले भने ।

तपाइको मत