न्यायिक तथा बाल अधिकार समितिलाई अभिमुखीकरण
- शुक्रबार भदौ ४ , २०७८
चुरेकुञ्ज, गुलरिया । नगरमा हुने बाल विवाह अन्त्यका लागि गुलरिया नगरपालिकाको न्यायिक समिति र बाल अधिकार समितिलाई अभिमुखीकरण गरिएको छ । बाल विवाह चाँडै तथा जबरजस्ती गरिने विवाह रोकथाम परियोजनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनितिका बारेमा दुवै समिति लगायत सरोकारवालाहरुलाई अभिमुख गरेको हो ।
गुलरिया नगरपालिकाकी उपप्रमुख सुसिला गिरीको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमलाई गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले सहजीकरण गरेका हुन् । अभिमुखीकरणका क्रममा अधिकृत अर्यालले बालवालिकाको अधिकार संरक्षणका लागि निजिक्षेत्रहरु चनाखो हुनुपर्ने बताए । गुलरिया नगरपालिकालाई सन् २०२१ सम्ममा बालमैत्री नगरपालिका बनाउने लक्ष्य अनुरुप बालवेचविखन लगायत बालश्रमीक गतिविधि शून्यमा पुर्याउने गरी काम गरी रहेको प्रष्ट्याए ।
१८ बर्ष भन्दा कम उमेरका वालवालिकाहरुको अधिकार रक्षाका लागि सबै तहबाट सचेत हुनुपर्ने बताउँदै अधिकृत अर्यालले बाल बचाउ, बाल संरक्षण, बालविकास र बालसहभागीता बालअधिकारको बाल अधिकारको अन्तर्राष्ट्रि सिद्धान्तलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिए । कार्यक्रमकी प्रमुख अतिथि गुलरिया नगरपालिकाकी उपप्रमुख गिरीले बाल अधिकार रक्षाका लागि गुलरिया नगरपालिका जस्तो सुकै जोखिम मोल्न तयार भएको बताईन् । १८ बर्ष भन्दा मुनीको बालवालिकाको विवाहको निमन्त्रणामा आफू नजाने प्रतिवद्धता दोहोर्याईन् । नगरपालिकाले बालअधिकारका क्षेत्रमा थुप्रै काम अगाडी बढाएको जानकारी दिईन् ।
कार्यक्रममा गुलरिया नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष निरज शर्मा, वडा नम्वर ७ की अध्यक्ष गिता वस्नेत, गुलरिया नगरपालिकाका अधिकृत कपिल घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष, गैसस महासंघका अध्यक्ष, उद्योग वाणिज्य संघ गुलरिया बर्दियाका उपाध्यक्ष, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रतिनिधि, नगर स्तरिय बाल संजाल, किशोर किशोरी युवा संजाल बाँके युनेस्को क्लवका संयोजक शितल विश्वकर्मा लगायत सरोकारवाला संघ संस्थाहरुको सहभागीता थियो ।
प्लान ईन्टरनेशनल र बाँके युनेस्को क्लवको सहयोगमा गुलरिया नगरपालिकाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रम गुलरिया नगरपालिका महिला शाखा अधिकृत शिला शाहले संचालन गरेकी थिईन् ।