fbpx

बर्दियामा प्रेम पोख्रेल अध्यक्ष रहेको नेकपा एमालेको पूर्ण कमिटि एमाले (समाजवादी) पार्टीमा

बर्दियामा प्रेम पोख्रेल अध्यक्ष रहेको नेकपा एमालेको पूर्ण कमिटि एमाले (समाजवादी) पार्टीमा


चुरेकुञ्ज, गुलरिया । केपी ओलीसँगको तिक्ततापछि बर्दियामा प्रेमप्रसाद पोख्रेलको अध्यक्षतामा पुर्नगठन भएको नेकपा एमाले जिल्ला कमिटि बर्दिया माधव नेपाल नेतृत्वले दर्ता गरेको एमाले (समाजवादी) पार्टीमा परिणत भएको छ । नेकपा एमाले (समाजवादी) पार्टी जिल्ला कमिटि बर्दियाले प्रेस विज्ञप्ती जारीगर्दै नयाँ पार्टी बनेको घोषणा गरेको हो ।

नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष प्रेमप्रसाद पोख्रेल तथा सचिव ईन्द्रबहादुर रावलको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा केपी ओलीले पार्टी भित्र कुनै हालतमा छिर्न नदिने गरी ढोका बन्द गरेपछि माधव नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टी दर्ता भएको बताईएको छ ।

तपाइको मत