fbpx

विश्वविद्यालय स्तरका विद्यार्थीलाई कोरोना विरुद्धको खोप

विश्वविद्यालय स्तरका विद्यार्थीलाई कोरोना विरुद्धको खोप


चुरेकुञ्ज, गुलरिया । बर्दियाका स्थानियतहमा विश्वविद्यालय स्तरका विभिन्न तहका परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको दोस्रो मात्राको खोप सुनिश्चित हुने गरी पहिलो खोप लगाईने भएको छ । विभिन्न पालिकाहरुमा कम्तिमा एक खोपकेन्द्र तोकी कोरोना विरुद्धको अस्ट्राजेनिका खोप लगाईने भएको हो ।

बर्दियाको गुलरिया, बारबर्दिया, मधुवन, राजापुर, ठाकुरबाबा, बाँसगढी नगरपालिका र बढैयाताल तथा गेरुवा गाउँपालिकामा भाद्र ४ गतेका दिन खोप लगाईने स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताए । परिक्षामा सामेल हुने विद्यार्थीको परिक्षाको प्रवेश पत्रको आधारमा खोप लगाईने उनले बताए ।

तपाइको मत