fbpx

भारत लैजान लागेको १ सय ६८ क्विन्टल अवैंध केराउ बरामद

भारत लैजान लागेको १ सय ६८ क्विन्टल अवैंध केराउ बरामद

चुरेकुञ्ज, बर्दिया । बर्दिया प्रहरीले भारततर्फ अवैध रुपमा लैजादै गरेको अवस्थामा भारी मात्रामा केराउ बरामद गरेको छ । गुलरिया नगरपालिका वडा नम्वर १० स्थित बिनोद बर्माको मिल अगाडी खाली जमिनमा भारत तर्फ लैजान साईकलमा लोड गरिरहेको अवस्थामा १ सय ६८ दशमलव ७५ क्विन्टल केराउ बरामद गरिएको छ ।

भातरतर्फ अवैंध रुपमा केराउ लैजादैछन् भन्ने विशेष सुचनाको आधारमा जिल्ला र मथुराचौकीबाट खटिएर गएका गस्ती टोलीले भारततर्फ लैजान साईकलमा लोड गरीराखेको अवस्थामा अवैंध केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए ।

प्रहरीलाई देखेपछि कारोवारमा संलग्न ब्यक्तीहरु केराउ र साईकल छाडेर भागेका थिए । हामीले अहिले सम्मकै ठूलो परिमाणमा केराउ समात्न सफल भयौं । बरामद गरिएको केराउको बजार मुल्य करिब १६ लाख ९१ हजार ५०० रुपैया छ । सोही स्थानबाट प्रहरीले केराउ बोक्न प्रयोग गरिने ८ थान साईकल बरामद गरेको छ । प्रहरीले बरामद गरेको केराउ र साईकल आवस्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा वुझाएको एसपी कार्कीले जानकारी दिए ।

तपाइको मत