fbpx

शसस्त्र प्रहरीद्वारा सीमाबाट अबैंध सामाग्री बरामद

शसस्त्र प्रहरीद्वारा सीमाबाट अबैंध सामाग्री बरामद

चुरेकुञ्ज, बर्दिया । शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बर्दियाले नेपाल–भारत सीमाक्षेत्रबाट अवैंध रुपमा ओसार पसार गरेका सामानहरु बरामद गरेको छ । शसस्त्र प्रहरी बल नेपाल नम्वर ३१ गण हेडक्वाटर बर्दिया मातहतका बिओपीहरुले निकासी पैठारीका क्रममा रहेका अवैध सामाग्रीहरु सीमाक्षेत्रबाट बरामद गरेको हो ।

शसस्त्र प्रहरीले निर्यात गर्ने क्रममा विभिन्न जातका ३ हजार माछाका भुरा, डिजल, कबाड सामाग्री तथा आयातित सूर्तिजन्य पदार्थ, सालका काठ लगायतका भन्सार छलीका अवैंध सामाग्रीहरु बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल नम्वर ३१ गण हेडक्वाटर बर्दियाका गणपति शसस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावतले बताए । करिब ९२ हजार ७६० रुपैया मुल्य बराबरका सामाग्री बरामद गरिएको छ ।

हामीले माछाका सबै भुरा स्थानिय निकायको रोहवरमा नष्ट गरेका छौं । पेट्रोलियम पदार्थ डिजल राजापुर भन्सार कार्यालय गुलरिया लगायत सम्वन्धित कार्यालयहरुमा आवस्यक कारवाहीका लागि वुझायौं । बिओपी स्थापनासँगै चोरी तस्करी कार्य नियन्त्रण हुँदै गएको रावतको भनाई छ । सीमानामा हुने अवैंध ओसार पसार रोक्न निरन्तर गस्ती परिचालन गरिएको उनले जानकारी दिए ।

तपाइको मत