fbpx

विल नभएका सुनका गहना सहित मानिस पक्राउ

विल नभएका सुनका गहना सहित मानिस पक्राउ

चुरेकुञ्ज, गुलरिया । बर्दियामा प्रहरीले विल भरपाई नभएका सुनका गरगहना सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका वडा नम्वर ८ स्थित भादापुलमा चेकजाँचका क्रममा पूर्वतर्फबाट पश्चिम गैरहेको अवस्थामा स्कुटरमा सवार उनीहरुलाई विल भर्पाई नभएका सुनका गरगहना बोकेको आरोपमा पक्राउ गरिएको हो ।

सवारी चेकजाँचका क्रममा विल भरपाई नभएका सुनका गरगहना भेटिएपछि गुलरिया नगरपालिका वडा नम्वर ७ निवासी २४ बर्षिय दिपेन्द्र सिंह र वडा नम्वर ३ निवासी २३ बर्षिय अशोक लोधलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।

अगाडीतर्फ लु ६२ प ६२२६ र पछाडी लु ६२ प ६८२६ लेखिएको नम्वर प्लेटको स्कुटी खानतलासीका क्रममा स्कुटीको डिक्की भित्र राखेको करिव ६ लाख ४८ हजार ५०५ रुपैया मुल्य बराबरको ८६ दशमलव ६४ ग्राम सुनका गरगहना फेला परेको उनले जानकारी दिए । स्कुटर, मानिस लगायत बरामदी गहना नियन्त्रणमा लिई आवस्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको छ ।

तपाइको मत