लागुऔषध ब्राउन सुगर सहित दुईजना पक्राउ
- बुधबार श्रावण २७ , २०७८
चुरेकुञ्ज, गुलरिया । जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले गुलरियाको गणेशपुरबाट ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेकोे छ । प्रहरीले गुलरीया नगरपालीका वडा नं.४ बस्ने २५ बर्षिय अरिव खान पठान र खजुरा गाउँपालिका वडा नं.१ बस्ने २२ बर्षिय सुमित सुनारलाई लागूऔषधसहित पक्राउ गरेकोे हो ।
पठानबाट २४ ग्राम ४ सय २० मिलिग्राम र सुनारबाट ४ ग्राम २ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कायालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताउनु भएको छ । उनीहरुलाई अलग अलग स्थानबाट पक्राउ गरिएको हो । दुबैजना उपर लागुऔषध कारोबारको मुद्धामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।