fbpx

शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा तालाबन्दी

शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा तालाबन्दी


मुरली गोडिया, बर्दिया । अखिल क्रान्तिकारी बर्दियाले शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा तालाबन्दी गरेको छ । पहिलो चरणमा बुझाएको मागपत्रको वेवास्ता गरिएको भन्दै बुधबार क्रान्तिकारी बर्दियाले दोस्रो चरणमा शिक्षा बिकास तथा समन्वय इकाई कार्यलय बर्दियामा ताला बन्दी गरेको हो ।

शिक्षक नियुक्ति र सरूवामा आर्थिक चलखेल रोकिनुपर्ने, अनलाइन कक्षा र अङ्ग्रेजी माध्यमका नाममा गरिएको पैसा असुली नियन्त्रण गरिनु पर्ने, निजी विद्यालयका शिक्षक र सामुदायिक विद्यालयका निजी स्रोतमा काम गरिरहेका शिक्षक कर्मचारी माथिको आर्थिक शोषण रोकिनुपर्ने लगायतका माग राखी तालाबन्दि गरिएको अखिल क्रान्तिकारीका बर्दिया इन्चार्ज लोकेशराज जैशीले जानकारी दिए ।

जैशीले भने “हाम्रो माग सम्बोधन गर्न कुनै पहल नगरेको र शैक्षिक विकृत्ति नरोकिएकोले तालाबन्दी गर्न बाध्य भएको छौं ” । अझै हाम्रो माग सुनुवाइ नभए तेस्रो चरणमा थप संघर्षका कार्यक्रम गर्ने जैशीले जानकारी दिएका छन् ।

तपाइको मत