fbpx

राजापुरमा पत्रकारले गरे बेवारिशे पुरुषको उद्धार

राजापुरमा पत्रकारले गरे बेवारिशे पुरुषको उद्धार


चुरेकुञ्ज, राजापुर । बर्दियाको राजापुर नगरपालिकामा बेवारिसे व्यक्तिको उद्दार गरिएको छ । राजापुर नगरपालिकाको वडा नं. ४ शान्तिपुरमा विगत १५÷२० दिन देखि घुमिरहेको वोलचाल गर्न नसक्ने, शारिरीक रुपले विकलाङग व्यक्तिलाई पत्रकारको सहयोगमा उद्धार गरिएको हो ।
बेवारिशे ब्यक्तीलाई पत्रकार ऋषि वाग्लेले व्यक्तिगत रुपमा खानपिनको व्यवस्था गरिरहेका थिए । अन्दाजी ५० वर्षे ति व्यक्तिलाई पत्रकार लक्ष्मण ढुङ्गाना, ऋषि वाग्ले, मीन अधिकारीको पहलमा उद्दार गरिएको हो ।

वडा नं. ४ को सिफारिस र वडाध्यक्ष रमन रेग्मीको रोहवरमा निल सागर सेवा समाज आश्रमको टोलिलाई जिम्मा लगाई पठाईएको छ । निल सागर सेवा आश्रमका अध्यक्ष सरिता खनालले निलसागरले आफुहरुले उद्दार गरिएका उक्त व्यक्तिको औषधी उपचार तथा स्याहार सुसार आश्रममा लगेर गरिने वताउनु भयो । सानो सहयोगले कसैको जिन्दगी परिर्वतन हुन्छ भने सहयोग गरीदिन अनुरोध गर्नु भएको छ ।

कोही खोजीका लागि वडा कार्यालय र सञ्चार माध्यममा आएमा आश्रमको सम्पर्कमा पठाई दिन अनुरोधगर्दै अरु त्यस्तै वेवारिसे व्यक्ति भएमा खबर गर्न पनि उपाध्यक्ष अमन सुवेदीले आग्रह गर्नु भएको छ । राजापुरबाट आजसम्म ९ जना वेवारिसे व्यक्तिको निलसागर आश्रमको सहयोगमा उद्दार गरिएका व्यक्तिहरु असल बन्दै गएकोले आगामी दिनमा पनि सहयोगको अपेक्षा निलसागरबाट गरिएको छ ।

तपाइको मत