fbpx

कोभिशिल्ड लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्रा लगाईने

कोभिशिल्ड लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्रा लगाईने


चुरेकुञ्ज, गुलरिया । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ बर्ष र सोभन्दा माथिका जेष्ठ नागरिकलाई जापानिज अष्ट्राजेनिका खोप दोस्रो मात्रामा दिईने भएको छ । भारतीय कोभिशिल्ड खोप अभाव भएपछि नेपाल सरकारले उक्त कोभिशिल्डसँग मेलखाने जापानिज खोप दिन लागेको हो ।

साउन २८ र २९ गते जिल्लाका सबै पालिकाहरुमा कोभिशिल्ड पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लाईने स्वास्थ्य कार्यालय बर्दियाका निमित्त प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताए । स्वास्थ्य सेवा विभागको पत्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरिय निर्णय तथा जिल्ला कोभिड—१९ रोग रोकथाम तथा नियन्त्रण एवम् कोभिड १९ रोग विरुद्ध खोप अभियान संचालन ब्यवस्थापन समितिको वैठकको निर्णय अनुसार खोप लगाउन शुरु गरिएको हो ।

उनले बर्दियाको गुलरिया, बारबर्दिया, मधुवन, राजापुर, बाँसगढी ठाकुरबाबा नगरपालिका र बढैयाताल तथा गेरुवा गाउँपालिकामा कोभिड खोप संचालन सम्वन्धमा पत्रचार गरिएको प्रष्टाए । नेपाल सरकारले सिफारिश गरेको खोप ढुक्क भएर लगाउन स्वास्थ्य प्रमुख गिरीले आग्रह गरेका छन् ।

तपाइको मत