fbpx

सशस्त्र प्रहरीद्वारा फुटाहाबाट ब्राउन सुगर बरामद

सशस्त्र प्रहरीद्वारा फुटाहाबाट ब्राउन सुगर बरामद

चुरेकुञ्ज, गुलरिया । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा. बर्दिया मातहत फरर्वाड बेश फुटाहाको टोलीले लागुऔषध बरामद गरेको छ । सहायक प्रहरी नायव निरिक्षक भिम बहादुर वलीको कमाण्डमा खटिएको सिमा गस्ति टोलीले बढैयाताल गा.पा.–२ फुटाहाबाट लागु औषध ब्राउन सुगर सहित एक युवालाई पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ आउँदै गरेका जिल्ला बाँके खजुरा गा.पा.वडा नं.–८ बिरपुर बस्ने बर्ष २२ का सुमित सुनारलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध ब्राउन सुगर अन्दाजी ९ ग्राम, नगद दश हजार रुपैया, मोबाईल सेट–१ र मिठाई सहित फेला पारी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गुलरियामा बुझाईएको शसस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावतले बताए ।

तपाइको मत