fbpx

कतै तपाई आत्मघाती बम बोकेर हिडिरहनु भएको त छैन

कतै तपाई आत्मघाती बम बोकेर हिडिरहनु भएको त छैन


हरिवंश पाण्डे । ठाकुरबाबा नगरपालिका वार्ड नं ९ ठाकुरद्वारा एक प्रख्यात प्रशिद्ध स्थान । पश्चिम नेपालकै धार्मिक एवं पर्यटकीय क्षेत्रले देश विदेशमा परिचित स्थल । ठाकुरद्वारा बजार क्षेत्रमा सयौ पसलहरु रहेका छन् । एंव पर्यटकीय स्थल । यहां सयौ मानिसहरू विविध उद्देश्यका साथ आउने गर्दछन्। कोही बर्दिया राष्ट्रिय निकुञ्ज घुमफिर गर्न, कोही ठाकुरबाबा मन्दिरमा दर्शन पूजापाठ त कोही हात्तिसारमा पिकनिकको लागि। विगत एक वर्ष देखि कोभिडले मानव जातिको अस्तित्व माथि विश्व आतंक मच्चाइरहेको छ । मानव सभ्यता र पहिचानमा नै धावा बोलेको अनुभव लिन सकिन्छ। मानव रक्षाको निम्ति विश्वका हरेक देशले आआफ्नो क्षेत्रबाट सकेजति नागरिकको जीवन रक्षाका लागि कोशिश गरिरहेको हामीले प्रतक्ष्य देखिरहेका छौं ।

जति कोशिश गरे पनि पूर्ण सफलताको लक्ष्य कोही कसैले प्राप्त गर्न सकेका छैनन् । केही आशा लाग्दा उपलब्धि प्राप्त गरे पनि ठोस सफलता प्राप्त गर्ने कुनै लक्षण देखिएको छैन । झण्डै डेर वर्षको अवधिमा कोभिड नियन्त्रक लागि थुप्रै प्रयासहरू भए बन्दावन्दी, निषेधाज्ञा, लगाएत वैकल्पिक विधि अपनाए पनि सोच जातिको सफलता प्राप्त भएको देखिँदैन । कोभिड सग अध्ययन अनुसन्धान गरिरहेका निकाए एंव व्यक्तिहरुले थुप्रै निष्कर्ष निकालेका छन् भने अझै अध्ययनमा नै व्यस्त छन्।

केही अनुसन्धानले कोभिडका धेरै चरण रहेको र त्यो क्रमिक रूपमा देखा परिरहने बताएका पनि छन् । जुन हामीले विभिन्न अध्ययनबाट थाहा पाएका छौं । त्यसैको परिणाम स्वरूप पहिलो र दोश्रो चरणको कोभिडले ठूलो क्षति पुर्याएको छ । जुन तपाईं हामीले पनि भोगेका छौं । पहिलो चरणको कोभिडले जति क्ष्यति पुर्यायो त्यसको धेरै गुणा क्षति दोस्रो चरणले पुर्याएको हामीले प्रष्ट देख्न सक्छौं । हाल आएर पछिल्लो समय कोभिड दोस्रो चरणको प्रभाव न्यून अवस्थामा पुग्न नपाउँदै पुनः संक्रमितको संख्या उकालो लाग्न सुरु गरेको छ ।

संक्रमितको संख्या घटाउन के गर्नुपर्छ भन्ने उपाए प्राय हामी सबैलाई थाहा छ । यसको कुनै ठोस उपचार नभएता पनि सावधानी अपनाएमा न्यूनीकण गर्न र जोगिन सक्ने प्रमाण प्रस्टै छ । तर हामी त्यो सावधानीका उपाय अवलम्बन नगर्दा आफू सगै अरुलाई पनि जोखिममा पारिरहेका छौ । जसरी एक आत्मघातीले आफू संगसगै वरिपरिका सबैलाई सिध्याउँछ त्यसै गरी आत्मघाती बम (कोरोना) बोकेर हामी चोक, बजार, सार्वजनिक स्थलमा डुलिरहेका छौं । जसले निकट भविष्यमा आफू अनि आफ्नालाई सिधाउन् भनेर भन्न सकिन्न । तसर्थ हामी नागरिकले स्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने आफू र आफन्त तथा सबैको रक्षा हुनेमा पक्कै दुईमत नहोला ।

हाम्रो स्वास्थ्यको ख्याल हामी आफैले गरौं प्रहरीको अगाडि मात्रै मास्क लगाउने कार्य आजै बन्द गरौं । तपाइ हामिको सानो लापरबाहीले ठूलो क्षति बेहोर्नुपर्छ समयमा नै सजक हौ । नेपालीमा एउटा भनाइ छ रोग लागेर औषधि गर्नु भन्दा रोगै लाग्न नदिनु बुद्धिमानी मानिन्छ । यो कोभिड १९ कोरोनाको महामारीमा आत्मघाती बम बोकेर हिँड्न अहिले देखि नै बन्द गरौं । अत्यावश्यक काम बाहेक जुनसुकै समय घरमै रहौं सुरक्षा रहौं । बाँचे पछि चिया पसल जाउला, मेलापात जाउला, चाडपर्व मनाउला रमाइलो गरौंला तर अहिलेको विषम परिस्थितिमा प्राण रक्षा बारे सोचौं ।

तपाइको मत