fbpx

कार्यालय प्रमुखसँग पत्रकारको अन्र्तक्रिया

कार्यालय प्रमुखसँग पत्रकारको अन्र्तक्रिया

हरि गुरुङ्ग, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले आर्थिक बर्ष २०७७÷०७८ मा भए गरेका क्रियाकलापका बारेमा पत्रकारसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । अन्र्तक्रिया कार्यक्रममा जिल्लाका विकास गतिविधिका बारेमा पत्रकारले राखेको जिज्ञासाको प्रमुख जिल्ला अधिकारीले जवाफ दिनु भएको छ ।

जिल्ला प्रशासन कार्यालयको सहकार्यमा जिल्लामा गरिएका मुख्य क्रियाकलापहरु खाता कोरिडोरको ब्रेकर हटाउने, बाघ नियन्त्रण, कोभिड–१९ संक्रमण न्यूनीकरण तथा परिक्षणको दायरा बिस्तार कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरणका लागी आवश्यक स्वास्थ्य सामाग्रीहरुको ब्यवस्थापनका लागी संघ÷ संस्थाहरुसङ्ग सहजीकरण, अक्सिजन बैंकको स्थापना, बर्दिया जिल्ला अस्पतालमा एचडीयु कक्ष तथा अक्सिजन प्लान्टको स्थापना, सत्तिघाट पुलको कटान पश्च्यात शिघ्र मर्मत तथा संचालन, भारतिय समकक्षी तथा अन्तर्जिल्ला समन्वय बैठक सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारीले प्रस्तुती गर्नु भएको छ ।

विकास कार्यक्रम तथा आयोजना संचालनका लागी अन्तरक्रिया तथा सहजीकरण, नदिजन्य पदार्थको उत्खनन, संकलन र प्रयोगको अवस्थाको अनुगमन, नियमित कार्यालयहरु अनुगमन, जिल्ला प्रशासन कार्यालय बर्दिया परिसर भित्र बर्दियाको चिनारीहरुको स्थापना (बाघ, कृष्णसारका मुर्ति तथा पर्टकिय स्थानहरुको तस्बिर), स्तनपान कक्ष, असाह्य तथा जेष्ठ नागरिक कक्षको स्थापना, मोबाइल चार्जिङ्ग स्टेसनको ब्यवस्था लगायतका क्रियाकलाप प्रशासनले गरेको कार्यक्रममा जानकारी गराईएको छ ।

गत आर्थिक बर्षमा नयाँ नागरिकता बितरण ४ हजार ९ सय २६, द्वन्द्व प्रभावितका लागी ३७ जनालाई १३,४६,००० रुपैयाँँ राहत बितरण गरेको छ । प्रकोप ब्यवस्थापन प्रकोप पीडित भएका २६० जनालाई १३,२८,५०० रुपैयाँ बितरण गरेको हो । लागु औषध सम्बन्धि कार्वाहीमा ४७ जना पक्राउ परेका छ्न भने पक्राउ परेका लागु औषध परिमाण १ सय ४ किलोग्राम चरेस, ९३ ग्राम ६ सय १२ मिलिग्राम, ट्यावलेट ५ थान, नाइट्राभेट–१० लेखिएको ट्याबलेट ५ सय २९, गाजा ३ सय ७५ ग्राम बरामद गरेको छ ।

लागु औषधमा मुद्दा चलाइएको ४८ जना छ भने शान्ति सुरक्षा, आपराधिक घटना ४ सय ९६ जना, अभियुक्त पक्राउ ४ सय ४७ जना मुद्दा चलाइएको ५ सय ६ जना, हत्या घटना ५ जना, सडक दुर्घटना १८ जना मृत्यु १९ जना, घाइते २१ जना रहेका छ्न । तस्करी नियन्त्रण पक्राउ परेको समानबाट २,५०,५९,७७६ रुपैयाँ असुली गरिएको थियो । राजस्व संकल्न १,०८४,१४,४४३ रुपैयाँ थियो ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख सन्त बहादुर सुनार अतिथिहरुमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, नेपाल पत्रकार महासंघ बर्दिया शाखा अध्यक्ष यादव आचार्य, विभिन्न कार्यालयका प्रमुख र पत्रकारहरुको उपस्थिति रहेको थियो । पत्रकारहरुले सोधिएको प्रश्नको जवाफ दिदै प्रमुख जिल्ला अधिकारीले भन्नुभयो सुन खानीमा बस्ने हामी बर्दियाली सुन लिन सकेका छैनौ । त्यस्तै शाखा अध्यक्ष आचार्यले मालपोत कार्यालयमा भर्खरै शुरुवात भएको भु–सेवा प्रणालीलाई ब्यवस्थित र सहज बनाउनु पर्ने बताउनु भयो । भु–सेवा सहि तरिकाले संचालन होस सबैले शुलभ तरिकाले सेवा पाउन भनि प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्नुभएको हो ।

तपाइको मत