fbpx

सत्मार्ग सुधारकेन्द्रका सेवाग्राहीलाई कोभिडको भ्याक्सिन

सत्मार्ग सुधारकेन्द्रका सेवाग्राहीलाई कोभिडको भ्याक्सिन

चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिकाकी उपमेयर सुसिला गिरीको पहलमा नगरमा अवस्थित सत्मार्ग सुधारकेन्द्रका सेवाग्राहीहरुलाई कोरोना विरुद्धको भ्याक्सिन लगाईएको छ । युवा समूहका सेवाग्राहीलाई सिंगल डोजको अमेरिकन जेन्सन एण्ड जेन्सन खोप लगाईएको हो ।

उपमेयर गिरीको पहलमा स्वास्थ्य कार्यालय बर्दियाले खोप उपलब्ध गराएको हो । सुधारकेन्द्रमा ३० जना सेवाग्राहीलाई कोरोना भाईरस विरुद्धको भ्याक्सिन लगाएको खैरापुर स्वास्थ्य चौकीका प्रमुख जनकनाथ योगीले बताए । पछिल्लो समय खोपका लागि गुलरिया नगरपालिकाले तदारुकता देखाएको छ ।

नगरका विभिन्न वडाहरु लगायत पेशागत संघसंठनहरुले पनि पहलगर्दै ब्यवसायिक प्रतिष्ठानका सदस्यहरुलाई खोप लगाउने काम गरेका छन् । उद्योग वाणिज्य संघ र निर्माण ब्यवसायी संघ बर्दियाले पनि ब्यवसायीहरुलाई खोप लगाएको छ । खोपका लागि जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र गुलरिया नगरपालिकाले समन्वयगर्दै आएको छ ।

तपाइको मत