नेपालबाट भारत लैजादै गरेको डिजल बरामद
- मंगलबार श्रावण १९ , २०७८
चुरेकुञ्ज, बर्दिया । सशस्त्र प्रहरी बल नेपाल नम्वर ३१ हेडक्वाटर गुलरिया, बर्दियाले नेपालबाट भारततर्फ लैजाने क्रममा डिजल वरामद गरेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षाकर्मीले मोटरसाईकलमा लैजादै गरेको अवस्थामा ५० लिटर डिजल वरामद गरेका हुन् ।
अवैध रुपमा नेपालबाट चोरी तस्करी गरी भारततर्फ लैजाने क्रममा सीमा सुरक्षाकर्मीले साढे ५४ हजार मुल्य बराबरको ५० लिटर डिजल फेला पारेको शसस्त्र प्रहरी बल नेपाल नं. ३१ हेडक्वाटर बर्दियाका सशस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावतले बताए ।
बरामद गरिएको मोटरसाईकल सहितको डिजल भन्सार कार्यालय गुलरियामा वुझाईएको जनाईएको छ । बर्दियामा सशस्त्र प्रहरीको वीओपी स्थापना भएसँगै सीमा सुरक्षामा तिव्रता दिईएको छ ।