fbpx

उद्योग बाणिज्य संघको पहलमा कोभिड विरुद्ध भ्याक्सिन

उद्योग बाणिज्य संघको पहलमा कोभिड विरुद्ध भ्याक्सिन


चुरेकुञ्ज, गुलरिया । उद्योग बाणिज्य संघ गुलरिया बर्दियाको पहलमा उद्योगी ब्यवसायीहरुलाई कोरोना भाईरस विरुद्धको भ्याक्सिन लगाईएको छ । ब्यवसायको फन्ट लाईनमा खटिने गुलरिया नगरपालिका अन्र्तगतका उद्योगी ब्यवसायीलाई अमेरिकन जेन्सन एण्ड जेन्सन एक डोजको भ्याक्सिन दिईएको हो ।

कोभिड महामारीका बेला अत्यावस्यक सेवा दिदै आएका ब्ययसायीलाई कोभिड विरुद्धको भ्याक्सिन लगाउने कार्य सम्पन्न गरेको उद्योग वाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए । जिल्ला प्रशासन कार्यालय बर्दिया, गुलरिया नगरपालिका तथा स्वास्थ्य कार्यालयको समन्वयमा खोप उपलब्ध गराएको छ ।

खोप उपलब्ध गराउन मागगर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा अनुरोध गरेका थियौं । उनले भने हाम्रो मागलाई सम्वोधनगर्दै खोप उपलब्ध गराएकोमा स्थानिय प्रशासन लगायत समन्वयकारी भूमिका निर्वाह गर्नुहुने सबैमा धन्यवाद दिन्छौ । उद्योग वाणिज्य संघ गुलरियाको हलमा आयोजित खोप कार्यक्रममा ५ सय ६४ जना स्थानिय उद्योगी, ब्यापारीहरुले खोप लगाएका छन् । छुटेका ब्यवसायीलाई पुन खोपको लागि संघले पहल गर्ने अध्यक्ष पाण्डेको भनाई छ ।

तपाइको मत