बर्दिया धानमा आत्मनिर्भर
- सोमबार श्रावण १८ , २०७८
यादव आचार्य, गुलरिया । धानमा देशकै कुल उत्पादनको ठूलो हिस्सा ओगटेको लुम्विन प्रदेस अन्र्तगतको बर्दिया खाद्यान्न वालीसँगै धानमा आत्मर्निभर बनेको छ । उत्पादित खाद्यान्न जिल्लामा खपत भई बचेको खाद्यान्न निर्यात गर्नुपर्ने अवस्था आएपछि बर्दिया जिल्ला धानमा आत्मर्निभर बनेको हो ।
जिल्लाको कुल खेतीयोग्य जमीनमध्ये ५० हजार २५० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । बर्दियामा थप ९ सय ९८ हेक्टर क्षेत्रफलमा चैते धानखेती हुन्छ । बर्दियामा बर्षे र हिउँदे गरी बा¥ह्ै महिना धानखेती हुन्छ । बर्षे धानको ४ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर तथा हिउँदे धानको ५ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व छ । बर्दियामा उत्पादित धान जिल्लामा खपत भै अन्य जिल्लामा निर्यात हुने गरेको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताए ।
बर्दियामा गतबर्ष बर्षे धानको उत्पादन २ लाख २६ हजार ६२८ मेट्रिक टन र चैते धान ५ हजार ४८९ मेट्रिक टन उत्पादन भयो । जिल्लामा धानखेती गरिने ७० दशमलव ८२ प्रतिशत भुमिमा सिंचाई सुविधा छ । सिंचाईका लागि कुलोपानी लगायत भुमिगत सिंचाई कार्यक्रम संचालन भैरहेको छ । उनले भने लुम्विनी प्रदेसका जिल्लाहरु मध्ये बर्दिया, बाँके, दा®, रुपन्देही, कपिलवस्तु र नवलपरासी गरी ६ जिल्ला धान उत्पादनको दृष्टिकोणले महत्वपूर्ण छन् ।
बर्दियामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत राजापुरमा धानसुपरजोन कार्यक्रम लागु छ । बर्दिया धान उत्पादनको दृष्टिकोणले महत्वपूर्ण छ । चालु कार्यक्रमले चैते धानखेतीलाई मात्र महत्व दिएको छ । लुम्विनी प्रदेसमा बर्दियाले २२ प्रतिशत धानको योगदान दिएको प्रमुख घिमिरेले प्रष्ट्याए । बर्दिया जिल्ला कृषि उर्वरको उद्गम थलो मानिएपनि यहाँ धान भण्डार गर्ने क्षमता नहुँदा समस्या परेको छ । बर्दियामा मोटो धान उत्पादनलाई मात्र प्राथमिकता दिने भएकाले ब्यापारीहरुको मसिनो धानमा आर्कषण रहेको छ ।
उनले थपे हामीले मसिनो धान खेती प्रर्बद्धन गर्न स्थानियतह मार्फत विउ, विजनमा अनुदान दिएका छौं । जिल्लामा ७० हेक्टर क्षेत्रफलमा मसिनो धान खेतीको कार्यक्रम लागु छ । बर्दियामा ९८ प्रतिशत रोपाई सकिएको छ । कृषकहरु मसिनो धान खेतीमा लाग्नुपर्ने उनले सुझाव दिए । बर्दियामा चैते धानको उत्पादन राम्रो छ । तर बर्षासँगै धान भित्र्याउने समय पर्ने भएकाले किसानहरुलाई समस्या झेल्नुपर्छ । बर्दिया जिल्ला बाढी प्रभावित भएकाले बर्षातका बेला धानखेतहरु बाढीले विगार्ने गर्छ ।
बर्दियाको ७५ हजार हेक्टर भूमि खेतीयोग्य छ । जिल्लामा अधिकांस धानखेती हुने गर्छ । एउटा मानिसलाई बर्ष भरीमा ४ सय ७ केजी धान आवस्यक पर्छ । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले भने बर्दियामा ७ सय ५३ केजी धान उत्पादन हुन्छ । बचेको ३ सय ४६ केजी धान निर्यात हुन्छ । धानवालीसँगै बर्दिया जिल्ला मकै, गहुँ, तरकारी, आलु, दुध, मासुमा पनि आत्मनिर्भर छ ।
मलको समस्या
बर्दियामा कृषि कार्यका लागि युरिया, डिएपी र पोटास लगायतका रसायनिक मलको निकै आवस्यकता पर्छ । किसानहरु मल अभावका बेला सीमावर्ती भारतीय बजारबाट दुःख झेलेर मल ल्याउन बाध्य हुन्छन् । सरकारले मलको लागि कुनै ठोस कार्यक्रम नवनाउँदा किसानहरुले समस्या भोग्नुपर्ने बाध्यता छ । जिल्लालाई बर्ष भरीमा युरिया करिव ७ हजार मेट्रिक टन, डिएपी ५ हजार मेट्रिक टन र पोटास ५ सय मेट्रिक टन आवस्यकता पर्छ कृषि सामाग्री कम्पनी गुलरिया शाखाका प्रमुख मोहन सि.ह केसीले बताए ।
धान खेतीका लागि मात्र युरिया करिव ४ हजार मेट्रिक टन, डिएपी २ हजार ५ सय मेट्रिक टन र पोटास २ सय मेट्रिक टन आवस्यक हो । उनले भने यतिखेर हामीसँग युरिया १ सय ९० मेट, डिएपी १ सय ६५ मेट मौज्दात छ । पोटास सकिएको छ । धान पाक्दा सम्मलाई १ हजार मेट युरियाको आवस्यकता छ । मल दैनिक आईरहेको छ । पहिलेको जस्तो अभावको अवस्था छैन । मल आउने वित्तिकै सहकारीहरु मार्फत विक्री वितरण गर्ने गरेका छौं प्रमुख केसीले भने ।
अन्नपूर्ण पोस्ट दैनिकबाट ….