fbpx

दार्चुलाको घटना विरुद्ध गुलरियामा बिरोध प्रर्दशन

दार्चुलाको घटना विरुद्ध गुलरियामा बिरोध प्रर्दशन


चुरेकुञ्ज, बर्दिया । नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको नेकपा बर्दियाले दार्चुलामा भएको तुईन घटना विरुद्ध गुलरियामा विरोध प्रर्दशन गरेको छ । महाकाली नदि पार गर्ने क्रममा एसएसवीले तुईन काटिदिएपछि महाकाली नदिमा खसेर जय सिंह धामी को मृत्यु भएको घटनाको विरोधगर्दै ¥याली सहित सभा गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी को केन्द्रिय कार्यक्रम अनुसार गुलरिया बस पार्क देखि सहिद चोक सम्म निस्किएको विरोध ¥याली राधाकृष्ण चोक पुगेर सभामा परिणत भएको थियो । उक्त घटना नेपाली माथी भारतिय पक्षको ज्यादती भएको बताउदै नेकपा केन्द्रिय सदस्य तथा बाँके÷बर्दिया इन्चार्ज दिपक चलाउने (उदय ) ले नेपाली माथि हुने यस्ता प्रकारका ज्यादती तत्काल बन्द गर्न चेतावनी दिएका छन ।

उक्त बिरोध सभा कार्यक्रमको संचालक विशेष कमिटी सदस्य कमरेड बिकासले गरेका थिए भने कार्यक्रममा जिल्ला सेक्रेटरी गणेश चौधरी, अखिल क्रान्तिकारी बर्दिया जिल्ला इन्चार्ज लोकेश राज जोशी, गुलरिया नगर इन्चार्ज कमरेड धर्ती, बाँसगढी नगर इन्चार्ज शक्ति, बडैयाताल गाउँपालिका इन्चार्ज राजेन्द्र, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष हरि प्याकुरेल, मधुबन नगर सचीव चक्र थापा, राजापुर नगर सचीव दिनेश शर्मा लगायत जनसमुदायको उपस्थिति थियो ।

लिपुलेक कालापानि सुस्ता नेपालि भु–भाग भएकोले उक्त भु–भाग छोड्न भारतलाई आग्रह गरिएको छ । विरोध ¥यालिमा भारतिय विस्तारवाद, नेपाल र नेपाली माथी भएको हत्या हिंसा लगायत १९५० का असमान सन्धि सम्झौता खारेज गरी घटनामा संलग्न दोषिलाई कारबाही गर्न नारावाजी गरिएको थियो ।

तपाइको मत