fbpx

कोरोना भाईरस विरुद्ध वडामा अमेरिकन सिंगल डोजको खोप

कोरोना भाईरस विरुद्ध वडामा अमेरिकन सिंगल डोजको खोप


चुरेकुञ्ज, गुलरिया । कोरोना भाईरस (कोभिड—१९) विरुद्धको अमेरिकन जन्सन सिंगल डोज खोप लगाउनेको वडामा घुईचो छ । दुई पटक खोप लाउन नपर्ने भएपछि जन्सन खोप प्रति आर्कषण बढेको छ ।

गुलरिया नगरपालिका वडा नम्वर ६ मा कोरोना विरुद्धको खोप लगाउनेहरुको संख्या उल्लेख्य मात्रामा बृद्धि भएको गुलरिया नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष निरज शर्माले बताए । बर्दिया अस्पताल र वडाको मदरसामा दुई दिन खोप लगाउने कार्यक्रम राखिएको थियो । यो चरणको खोप आईतवार अन्तिम दिन लगाईने शर्माले जानकारी दिए । खोप सहजीकरणका लागि वडाले सहकार्य गरेको छ । फन्ट लाईनमा खटिने, बृद्धबृद्धा लगायत विदेश जाने क्रममा रहेका युवायुवतीहरुले खोप लगाएको जनाईएको छ ।

शुक्रवार र शनिवार वडा नम्वर ६ मा महिला १ सय १७ पुरुष १ सय ४८ गरी २ सय ६५ जनाले खोप लगाएको खैरापुर स्वास्थ्य चौकीका प्रमुख जनक योगीले बताए । दुई दिनको तथ्यांक अनुसार वडा नम्वर ६ मा ७० प्रतिशत मुस्लिम समुदायले खोप लगाएको योगीले जानकारी दिए ।

तपाइको मत