fbpx

मिडियाका नाममा संचालित फेसवुक पेज विश्वसनिय वनाउन पत्रकार महासंघ बर्दियाको आग्रह

मिडियाका नाममा संचालित फेसवुक पेज विश्वसनिय वनाउन पत्रकार महासंघ बर्दियाको आग्रह


हरिवंश पाण्डे, बर्दिया । बर्दियाबाट विभिन्न मिडियाका नाममा संचालनमा रहेका फेसवुक पेजहरुलाई विश्वसनिय बनाउन नेपाल पत्रकार महासंघ बर्दियाले आग्रह गरेको छ । जिल्लामा संचालित एफएम रेडीयो तथा पत्रपत्रिकाहरुलाई पत्राचारगर्दै महासंघले अनुरोध गरेको हो ।

नेपाल पत्रकार महासंघ बर्दिया शाखाले जिल्लामा संचालित स्थानिय एफएम रेडीयो र पत्रपत्रिका दर्ता प्रमाणपत्रको प्रतिलिपि शाखाको कार्यालयमा बुझाउन समेत अनुरोध गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका सचिव सन्तोष पौडेलद्वारा हस्ताक्षरित पत्रमार्फत स्थानिय संचारमाध्यमहरुको अभिलेख माग गरिएको हो ।

बर्दियाबाट मिडियाका नाममा संचालनमा रहेका केही फेसबुक पेज हरुमा समाचार नराखी विभिन्न स्टाटस राख्ने गरेको पाईएपछि जिल्लामा सामाजिक संजाललाई मर्यादित गराउन महासंघले कदम चालेको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले पत्रकारद्वारा दर्ता भई वा नभई विभिन्न मिडियाका नाममा सञ्चालित फेसबुक पेजहरु सञ्चालन तर्फ सचेत हुन ध्यानाकर्षण गराएको छ । पत्रकार तथा पत्रपत्रिका आचारसंहिता भित्र रहेर जनहितमा आधारित समाचार, सन्देशमुलक सूचना बाहेकका स्टाटसजन्य सामाग्री अनुरोध गरिएको छ ।

तपाइको मत