fbpx

पाठेघरको क्यान्सर पिडित श्रीमतीलाई सहयोगको याचना

पाठेघरको क्यान्सर पिडित श्रीमतीलाई सहयोगको याचना

मुरली गोडिया, बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर ८ की ४३ वर्षिया देविया लोधको उपचारका निम्ती आर्थिक सहयोगका लागी अपिल गरिएको छ । विगत १ महिना देखी विरामी भएकी देविया पाठेघरको मुखको क्यान्सरले पिडित छिन् ।

श्रीमती क्यान्सरबाट पिडित छिन् श्रीमान प्रमोद लोधले बताए । दैनिक ज्यालादारी गरि जिवन निर्वाह गर्नुपर्छ । परिवारलाई क्यान्सर जस्तो जटिल रोग देखिए पछि आर्थिक सहयोग जुटाइदिन अपिल गरेको छु । पिडित देबिया लोधका श्रीमान प्रमोद लोधले पिडा पोखे श्रीमतीको भरतपुर सामुदायिक अस्पतालमा उपचार हँुदै आएको थियो थप उपचारका लागी विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराउनु पर्ने भयो । ठुलो धनराशी लाग्ने भएकाले आर्थिक सहयोग गर्न अपिल गरेको छु ।

उनले भने अहिले सम्म गाँउले मिलेर सानो रकम भएपनि सहयोग गर्दै आएका छन् । अबको उपचारका लागी ठुलो रकम लाग्ने भएकाले लोधले सबैतिरबाट आर्थिक सहयोगको अपेक्षा गरेका हुन । प्रमोदले थपे मेरो परिवारको उपचारका निम्ती आर्थिक सहयोगका लागी कुनै पनि व्यक्ति, संघसंस्था वा निकायले सहयोग गर्न चाहे कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड शाखा गुलरियामा प्रमोद लोधको नाममा रहेको खाता नं. ००४००३०००३२८५००००००१ मा सहयोग जम्मा गर्न सक्नुहुन्छ ।

देवियाको पाठेघरमा क्यान्सर भएकाले आर्थिक सहयोग जुटाउन आवस्यक परेको उनले बताए । उनलाई गुलरिया नगरपालिका अन्र्तगत रहेको सामाजिक स्वास्थ्य सुरक्षा शाखाले विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७५ वमोजिम औषधी उपचारका लागि भरतपुर क्यान्सर अस्पताललाई सिफारिश गरेको छ ।

तपाइको मत