विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको झोला
- सोमबार श्रावण ११ , २०७८
हरि गुरुङ्ग, मधुवन । बर्दियाका विभिन्न पालिकामा रहेका बिद्यालयहरुका विद्यार्थीहरुलाई शैक्षिकसँगै सरसफाई सामाग्री सहितको झोला उपलब्ध गराईएको छ । जिल्लाका १२ वटा बिद्यालयका २ हजार २०१ जना छात्रछात्रालाई सहयोग स्वरुप शैक्षिक सामाग्री उपलब्ध गराईएको हो ।
गेरुवा गाउँपालिकामा ३ लाख ९३ त्रिनब्बे हजार बराबरको स्वास्थ्य सामाग्री वितरण समेत हस्तान्तरण गरिएको छ । चाइना फाउन्डेसन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोग, राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज अनामनगगर काठमाडौको सहयोग र नेपाली काँग्रेसका नेता तथा महासमिति सदस्य नेपाली काँग्रेस संगठन बिभाग केन्द्रिय सदस्य जन्मजय तिमिल्सिनाको पहल तथा समन्वयमा बर्दियाका सहायोग सामाग्री उपलब्ध गराईएको हो ।
कोभिड–१९ को लकडाउनमा रोजगारी गुमाएका अवस्थामा आर्थिक अभावका कारण शैक्षिक सामाग्रीले गर्दा कुनै पनि बालबालिका बिद्यालय जानबाट बन्चित हुन नपरोस् साथै कोभिडका कारण कुनै पनि सर्बसाधारणले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा शैक्षिक सामाग्री वितरण गरेको नेपाली काँग्रेसका नेता तथा महासमिति सदस्य जन्मजय तिमिल्सिनाले बताउनु भयो । गत बर्ष बर्दियाको ८ वटा बिद्यालयमा रक्षा ट्स्ट मार्फत झोला वितरण गरि सकिएको छ । यसलाई हामी निरंतरता दिदै जाने छौ । शैक्षिक सामाग्री हरु १८ आइटम रहेको तिमिल्सिनाले बताउनु भयो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा उपस्थित अभिभावक कमला थारु भन्नुहुन्छ एउटा सानो सहयोग हाम्रो लागी धेरै ठुलो कुरा हो । यस्कै कारण हाम्रा छोराछोरी बिद्यालय जान मानि रहेका थिएनन् अब उनीहरुले भनेको सामाग्री पाएका छ्न । अभिभावक थारु अगाडि भन्नुहुन्छ हामीलाई सहयोग गर्ने हातहरुलाई हृदय देखी नै धन्यवाद छ । कक्षा ५ मा अध्यनरत राहुल थारु खुशी हुदै भन्नुहुन्छ मैले त यस्तो शैक्षिक सामाग्री देखेकै थिएन । खुशी हुदै मैले चाहेको शैक्षिक सामाग्री त पाए अब कहिले देखि स्कूल खुल्छ भन्ने उहाँको चिन्ता छ ।
नेपालु थारु भन्नुहुन्छ छोराछोरीले भनेका सामाग्री हामी किन्न सक्दनौ । हामी ज्यालादारी गरि घर खर्च गर्ने कि छोराछोरीका लागी शैक्षिक सामाग्री किन्ने ? यस्तो बेला हामीलाई सहयोग गर्ने जन्मजय बाबुलाई धेरै धन्य छ । छोराछोरी बिध्यालय जान आनाकानी गर्थै तर आज शैक्षिक सामाग्री पाएपछि छोराछोरी खुशी छ्न म पनि खुशी छु ।
शनिबार भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस केन्द्रिय सदस्य डा. गोपाल दहित विशेष अतिथी नेपाली काँग्रेसका महासमिति सदस्य तथा नेपाली काँग्रेस संगठन बिभाग केन्द्रिय सदस्य जन्मजय तिमिल्सिना अतिथिहरुमा मधुवन नगरपालिका वडा नं.–३ वडा अध्यक्ष नारायण मल्ल, महासमिति सदस्य प्रेम बहादुर गुरुङ्ग, तरुण दलका केन्द्रिय सदस्य सरस्वती शाह, बिध्यार्थी र अभिभावकहरुको उपस्थितिमा मधुवन नगरपालिकाका ४ बिध्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरिएको छ । त्यसै गरि आइतबार गेरुवा गाउँ पालिका र राजापुर नगरपालिकाका ४/४ बिध्यालयहरुमा प्रमुख अतिथि बर्दिया जिल्ला प्रमुख अधिकारी सन्त बहादुर सुनारको आतिथ्यमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
गेरुवा गाउँ पालिकालाई स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरिएको छ । प्रमुख अतिथी सुनारले भन्नुभयो एक बर्ष लगानी गर्नु छ भने धान रोप्नुस, दश बर्ष लगानी गर्नु छ भने रुख रोप्नुस र आजिवन लगानी गर्नु छ भने बालबालिकामा लगानी गर्नुस । नेपाली काँग्रेसका महासमिति सदस्य तथा संगठन बिभाग केन्द्रिय सदस्य जन्मजय तिमिल्सिना भन्नुहुन्छ समाज रुपान्तरण गर्न यो कार्य गरेको हो । यसलाई हामी निरन्तरता दिन्छौ ।