विद्यालयका शुल्क घटाउन मागगर्दै स्थानियतहमा ज्ञापन पत्र
- सोमबार श्रावण ११ , २०७८
हरि गुरुङ्ग, मधुवन । बर्दिया । अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल क्रान्तिकारी विप्लव ) जिल्ला कार्यसमिति बर्दियाले प्याब्सन, एनप्याब्सन, गुलरिया नगरपालिका नगर शिक्षा शाखा, बढैयाताल गाउँ पालिकामा १९ बुँदे ज्ञापनपत्र बुझाएको छ । लकडाउनको कारण आम जनतालाई हातमुख जोर्ने समेत मुस्किल बन्दै गइरहेको अवस्थामा विभिन्न विद्यालयहरुले अनलाइन संचालन गरि सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमका नाममा चर्को शुल्क असुलिरहेको भन्दै शुल्क असुली रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
सरकारी विद्यालयहरुमा नेपाली र अंग्रेजी माध्यमका नाममा गरिएको विभेदको अन्त्य गरिनुपर्ने , भौतिक रूपमा कक्षा सञ्चालन नभएको अवधिको शुल्क छुट गरिनुपर्ने निजि विद्यालय द्वारा गरिएको पाठ्यपुस्तक र पोशाकको व्यापार बन्द गरिनुपर्ने, नेपालको चुच्चे नक्सा पाठ्यक्रममा समावेश गरिनुपर्ने शिक्षक कर्मचारी माथिको बौद्धिक शोषणको अन्य गरिनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै अखिल (क्रान्तिकारी) बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेल कोरोनाका कारण दैनिक जिवनयापन समेत गाह्रो परिरहेको बेला केही निजि र सामुदायिक विद्यालयहरुले लुट मच्चाईरहेको भन्दै अविलम्ब रोक्न माग गरे । मागलाई कार्यन्वन नगरे कारवाही गर्ने समेत चेतावनी दिनुभएको छ।बढैयाताल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी ,गुलरिया नगरपालिका नगर शिक्षा प्रमुख निलकण्ठ रेग्मिले मागहरूजायज रहेकोले । यसलाइ तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
बर्दिया प्याब्सनका अध्यक्ष तेजनाथ पौडेलले अनलाइन शिक्षाको नाममा कसैले विद्यार्थीको उपस्थित बिना शुल्क लिएको छ् भने कारबाही गर्ने बताउनु भयो । एन प्याब्सनका अध्यक्ष बुद्ध गिरिले निजि शिक्षा भित्र देखिएका चरम लापरबाहीलाई नियन्त्रण गर्ने र मापदण्ड बिपरित काम गरेका बोडिङ स्कुलहरुमा अनुगमन गर्ने बताउनु भयो साथै अखिल क्रान्तिकारी सँग सहकार्य गरेर काम गर्ने छौ । कार्यक्रममा अखिल क्रान्तिकारी बर्दिया जिल्ला इन्चार्ज लोकेश जोशी, अध्यक्ष हरि प्याकुरेल, लगायतको सहभागिता थियो ।