fbpx

डुम्रेनीका जेहेन्दार पूर्व विद्यार्थीलाई विद्यालयको छात्रवृत्ति

डुम्रेनीका जेहेन्दार पूर्व विद्यार्थीलाई विद्यालयको छात्रवृत्ति


चुरेकुञ्ज, बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्वर १ मा रहेको जनचाहना आधारभूत विद्यालय, डुम्रेनीका पूर्व विद्यार्थीलाई एक लाख भन्दा बढिको छात्रवृति प्रदान गरिएको छ । जनचाहना आवासिय विद्यालय डुम्रेनीमा कक्षा १ देखि ८ कक्षा सम्म अध्ययन गरी हाल नेपाल मेडिकल कलेज काठमाडौंमा एमवीवीएस तेस्रो वर्षमा अध्ययनरत ठाकुरवावा नगरपालिका १ डुम्रेनी निवासी देवेन्द्र टमटालाई छात्रबृत्ति प्रदान गरिएको हो ।

विद्यालयमा स्थापित छात्रवृति अक्षयकोषको ब्याजबाट टमटालाई १ लाख ५ हजार ७ सय ६५ रुपैया प्रदान गरिएको प्रधानाध्यापक यज्ञप्रसाद नेपालले जानकारी गराउनु भएको छ । आर्थिक अभावमा कुनै पनि वालवालिकाको अध्ययन प्रभावित नहोस भन्ने उद्देश्यले समाजसेवी कण्ठ कठायतले सुरूवात गरेको अक्षयकोष स्थापनाको अभियानले सार्थकता लिँदै हाल जनचाहना विद्यालय डुम्रेनीमा २ लाख २१ हजार रूपैंयाको दीर्घ ऐश्वर्या तिमिल्सिना अक्षयकोष, १ लाख ११ हजार १ सय ११ रूपैयाको ओमजोरा शाही छात्रवृति कोष, १ लाख ५ हजार ५ सय ५५ रूपैयाको जनप्रतिनिधी अक्षयकोष र ५१ हजार ५ सय ५५ रुपैयाको कण्ठ कठायत जेहेन्दार छात्रवृति अक्षयकोष गरी ४ वटा कोषमा करीब ५ लाख रुपैया रहेको छ ।

कोषमा प्राप्त व्याज रकमबाट जनचाहना विद्यालमा हाल अध्ययनरत तथा उक्त विद्यालयमा अध्ययन गरी चिकित्सा शिक्षा, ईन्जिनियरिङ, कृषि, पशुविज्ञान लगायतका क्षेत्रमा उच्च शिक्षामा अध्ययनरत गरिव तथा विपन्न वर्गका जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने अक्षयकोषको निती अनुरुप छात्रवृति प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जन्मजय तिमिल्सिनाले वताउनु भयो । विद्यालयमा आईतबार आयोजित छात्रवृति हस्तान्तरण कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि ठाकुरवावा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा ठाकुरवावा नगरपालिका वडा नं.१ का जनप्रतिनिधीहरुद्वारा आफ्नो व्यक्तिगत सहयोगमा स्थापित जनप्रतिनिधी अक्षयकोषका अध्यक्ष श्यामलाल थारुले कुनैं पनि सहयोग वा कार्यक्रम सानो भए तापनि त्यसले दिने सन्देश महत्वपूर्ण हुने भएकाले छात्रवृति अक्षयकोष स्थापना र यसवाट प्रदान गरिने छात्रवृत्तिले समाजमा दिने सन्देशले आत्मसन्तुष्टि गराउने धारणा राख्नु भयो ।

कार्यक्रममा दीर्घ ऐश्वर्या तिमिल्सैना अक्षयकोषका अध्यक्ष तीर्थराज तिमिल्सैनाले जेहेन्दार विद्यार्थी देवेंद्र टमटालाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो । छात्रवृति रकम ग्रहणगर्दै देवेंद्र टमटाका वुवा बज्जिरे टमटाले विद्यालय परिवारको तर्फवाट प्राप्त १ लाख ५ हजार सहयोग आफ्ना लागी १ करोड़ भन्दा बढिको रहेको र छात्रवृति रकम पूर्ण सदुपयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जन्मजय तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओमजोरा शाही जनचाहना मेधावी प्रतिभा कोषका संस्थापक मिनबहादुर शाही, ठाकुरवावा नगरपालिका वडा नं. १ का सदस्यहरु रामकुमारी थारू र वालु वि. क, दीर्घ ऐश्वर्या अक्षयकोषका संस्थापक सत्यराज तिमिल्सैना, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, शिक्षकहरूको उपस्थिति रहेको थियो ।

प्रधानाध्यापक यज्ञप्रसाद नेपालले संचालन गर्नु भएको कार्यक्रममा सहायक प्रधानाध्यापक लक्ष्मी पौडेलले स्वागत तथा अक्षयकोष स्थापनाको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।

तपाइको मत