fbpx

राजापुरमा युथ हेल्प डेस्क स्थापना

राजापुरमा युथ हेल्प डेस्क स्थापना


मिन अधिकारी, राजापुर । वडा स्तरीय युवा सन्जालद्वारा राजापुर नगरपालिका वडा नम्वर ३ को कार्यालयमा युथ हेल्प डेस्क स्थापना गरिएको छ । वडामा संचालित कार्यहरु सहज रुपमा सेवाप्रवाह गर्न डेस्क संचालनमा ल्याईएको हो ।

वडाको सेवा प्रवाहलाई सहज गराउन हेल्प डेस्क सुरुवात भएको वडा अध्यक्ष विष्णु प्रसाद खनालले वताउनु भयो । वडामा आउने सेवाग्राहीलाई छिटो छरितो रुपमा काम गर्न डेस्क मार्फत सहयोग पुग्ने वडाध्यक्ष खनालको भनाई छ ।

युवराज थारु सहसचिव, वडास्तरीय युवा संञ्जालका अध्यक्ष दिक्षा विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा निशूल्क निवेदन लेखन, फारम भराई हुने र आवश्यक कागजातको फोटोकपी बजार मूल्यको आधा मूल्यमा गरिने वडा स्तरीय युवा सन्जालका सल्लाहाकार दिलिप रत्गैयाले वताउनु भयो ।

वडामा आवश्यक कागजात तयार नहुदाँ सेवामा ढिलाई हुने भएकाले डेक्सले कामको लागि सहयोग गर्दा जनप्रतिनिधि, कर्मचारी, सेवाग्राहीलाई प्रत्यक्ष, अपत्यक्ष रुपमा सहयोग पुग्ने युवा सञ्जालले विश्वास लिएको छ । कार्यक्रममा वडा नं. ३ का जनप्रतिनिधिहरु, वडा स्तरीय युवा सन्जालका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाइको मत