fbpx

बर्दियाका उद्योगी ब्यापारीलाई खोप उपलब्ध गराउन माग

बर्दियाका उद्योगी ब्यापारीलाई खोप उपलब्ध गराउन माग


चुरेकुञ्ज, बर्दिया । उद्योग वाणिज्य संघ बर्दिया गुलरियाले उद्योगी, ब्यापारीलाई कोरोना संक्रमणबाट जोगाउनका लागि खोप उपलब्ध गराउन माग गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियामा निवेदन दर्तागर्दै संघले १ हजार जनाको लागि खोप माग गरेको हो ।

नेपाल सरकारले कोभिड १९ बाट बच्नका लागि फ्रन्ट लाईनमा खटिने कर्मचारी लगायत आम सर्वसाधारण हरुमा गरेको खोप लगाउने कार्य स्वागत योग्य रहेको ब्यवसायीहरुको ठहर छ । उद्योगी ब्यापारीहरु राज्यको महत्वपूर्ण अंग भएका कारण ब्यापार ब्यवसाय छिटो संचालनका लागि विषेश फ्रन्ट लाईनमा खटिई सेवा प्रवाह गर्नुपर्ने भएकाले उद्योगी ब्यापारीहरुलाई कोरोना संक्रमणबाट बच्नको लागि खोप उपलब्ध गराउन प्रशासनसँग माग गरिएको उद्योग वाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए ।

संघले १ हजार जनालाई पुग्ने गरी कोरोना भाईरस विरुद्धको खोप माग गरेको उनले जानकारी दिए । जसका लागि जिल्ला प्रशासन कार्यालय बर्दियामा निवेदन दर्ता गरेका छौं ।

तपाइको मत