मनसुन सक्रिय भएसँगै किसानहरु हर्षित
- मंगलबार श्रावण ५ , २०७८
हरिवंश पाण्डे, बर्दिया । बर्दिया जिल्लामा लामो समयको खडेरी पश्चात मनसुन सक्रिय हुँदा कृषिमा आश्रित यस क्षेत्रका किसानहरु निकै हर्षित भएका छन् । अन्नको भण्डारको रुपमा परिचित बर्दिया जिल्ला तराईकै धेरै अन्न उत्पादन हुने क्षेत्रको रुपमा परिचित छ ।
बर्दियामा सिजन अनुसारको बालीहरू लगाउने गरिन्छ ।
विशेषत धान गहुँ बालीलाई प्राथमिकता दिए पनि मसुरो तोरी मकै लगाएतका बालीको पनि खेती गर्ने गरिन्छ । कर्णाली र बबई नदीको राम्रो सिँचाइ सुविधा भएको क्षेत्रको रुपमा रहेता पनी सिंचाईको प्रयाप्त सुविधा नहुँदा जिल्लाका केही स्थानमा आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता छ । जुन अन्नको उत्पादन आकाशे पानीमा भर पर्छ ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नं ८ मढेलाका कृषक धर्मराज रिजालका अनुसार मौसम र आकाशे पानीको मौका छोपी अन्नबाली लगाउनु पर्ने आफ्नो बाध्यता रहेको बताउँछन् । म जस्ता यस क्षेत्रका कृषकले धानको रोपाइँको सिजनमा यदि समयमा पानी नपरे विभिन्न वैकल्पिक विधि (बोरीङ्ग) बाट पानीको व्यवस्था मिलाएर धानको बीउ राख्ने गर्छौ । आकाशे पानीको भर परे बीउ पछाउने र उत्पादनमा गिरावट आउने भएको हुँदा वैकल्पिक विधिको प्रयोग गर्नु परेको रिजात वताउँछन् ।
यो वर्ष जसोतसो बीउ राखेको र समयमै रोपाइँ सम्पन्न गरेता पनि लामो समय देखि वर्षात नहुँदा खेत सुखा भै चिरा परिसकेको अवस्था थियो । तर केही दिन अघि देखि नियमित वर्षा हुँदा कृषक खुशी भएका हुन् । रासायनिक मलको पनि यस क्षेत्रमा चरम अभाव हुने गरेको पाइन्छ । परिस्थिति सामान्य रहेको बेला यस क्षेत्रका कृषक नजिकै रहेको भारत सीमानाकामा गई मल ल्याउने गरेका थिए । तर गत वर्ष देखि कोभिंड का कारण सीमा नाका राम्रो संग खोलिएको छैन । जसले गर्दा यो कार्य सम्भव छैन । यदि समयमै पानी र मल को व्यवस्था गर्ने सके सोचे जति अन्न उत्पादन गर्ने सक्ने अनुभव रहेको बताउँछन् नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ठाकुरद्वाराका सहायक प्रधानाध्यापक छोटाराम चौधरी ।
बर्दियामा वर्षात हुँदा कृषक खुसी भए पनि यहाँका स्थानीय बासिन्दा दुखी हुने पाटो पनि रहेको छ । कहिले काँही अधिक वर्षा भइदिँदा बाढीको जोखिम पनि उत्तिकै रहेको छ । प्राय हरेक वर्ष बर्दियाका केही स्थानमा सामान्य देखि जटिल खालका बाढीका कारण समस्या उत्पन्न हुने गरेको छ । कतिपय समयमा मानवीय तथा धन सम्पातिको क्षती समेत बर्दियाले व्यहोर्नु परेको तितो घटनाहरू जीवितै छन् ।
यो वर्षको मनसुन बर्दियामा सक्रिय देखिएको बेला यी दुवै पाटबाट विश्लेषण गर्ने गरिन्छ । अलि लामो पानी परेमा विगतको बाढीको घटना स्थानीय सम्झिन बाध्य हुन्छन् । अन्नबलिलाई परेको राहत र उत्पादनमा हुने वृदिको खुशी सगै अलि लामो पानी परेमा बाढी आई हुन सक्ने सम्भावित क्षतिको परिकल्पना गर्दै तुरुन्तै दुखी हुनु परेको समेत कृषक बताउँछन् । नेपालमै अन्नको भण्डार को रुपमा परिचित बर्दिया जिल्लामा उचित सिँचाइको व्यवस्था एंव बाढी बाट हुने सम्भावित जोखिम र क्षतिलाई स्थायी रूपले समाधानका उपाय खोजे यस क्षेत्रका बासिन्दा निकै हर्षित हुने थिए ।