बन्यजन्तुको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस
- सोमबार श्रावण ४ , २०७८
हरिवंश पाण्डे, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तु आक्रमणबाट हुने दुर्घटनालाई मध्यनजर गर्दै विद्यार्थीको सुरक्षा र सुलभताका लागि ठाकुरद्धारा देखि बगनाहा क्यामपस सम्म बस सेवा सञ्चालनमा ल्याएको छ । निकै लामो समयदेखि यस क्षेत्रमा उच्च शिक्षामा महत्वपूर्ण भूमिका खेल्दै आएको बगनाहामा अवस्थित चुरे क्याम्पसले बस सेवा सञ्चालनमा ल्याएपछि विद्यार्थीहरु खुशी भएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको यस क्याम्पसमा बिहानी कक्षा सञ्चालन हुँदै आएकोमा अध्यनरत बिधार्थीहरु विभिन्न छोटो बाटोको प्रयोग गरी विद्यालय आउँदा जाँदा वन्यजन्तुको आक्रमण पर्न सक्ने जोखिम मोल्दै ठाकुरद्वारा देखि क्यामपस जाने आउने गरेका थिए । विद्यालय जाने क्रममा विशेषत हात्ती, बाघ लगायत जंगली जनावरको जोखिम रहेको हुँदा भविष्यमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै विद्यार्थीको सुरक्षा र सुलभता लागि बस सेवा सञ्चालनमा ल्याएको सहायक क्याम्पस प्रमुख रुद्र बहादुर खड्काले जानकारी दिनु भयो ।
हाल कोभिड १९ का कारण क्याम्पस सञ्चालन नभए तापनि भोली देखि हुने स्नातक दोस्रो वर्षको परीक्षालाई केन्द्रित गर्दै ठाकुरद्धारा देखि क्याम्पस सम्म बस संचलानमा ल्याएको खड्काले बताउनु भयो । ठाकुरद्धारा बाट बस सेवा सुरुवात गरेको क्याम्पसले निकट भविष्यमा मधुवन नगरपालिका अन्तरगत सूर्यपटुवा ओराली हुँदै बगनाह क्यामपस सम्म बस सेवा सञ्चालन गर्ने योजना रहेको खड्काले बताउनु भयो । क्याम्पसले बस सञ्चालन गरे पश्चात यस क्षत्रको विद्यार्थी एंव अभिभावकले खुशी व्यक्त गरेका छन् ।