fbpx

स्वास्थ्य शिविरमार्फत सामाजिक उत्तरदायित्व निभाउँदै प्रहरी

स्वास्थ्य शिविरमार्फत सामाजिक उत्तरदायित्व निभाउँदै प्रहरी


यादव आचार्य, बर्दिया । लामो समय सम्म प्रहरी सेवामा कार्यरत रही सेवा निबृत्त भएका गुलरिया नगरपालिका वडा नम्वर ८ निवासी लोक बहादुर शाही आफ्नो पूर्व संगठनले आयोजना गरेको स्वास्थ्य शिविरमा उपचार गराउन पाउँदा खुशी छन् । लौरो टेकेर श्रीमतीको सहाराले उपचारमा आएका उनी पेन्सन रिटायर्ड प्रहरी हवल्दार हुन् ।

सुगर, पे्रसरले थलिएका शाही भुतपूर्व प्रहरीहरु अनुभवी हुने भएकाले उनीहरुको सल्लाह प्रहरी संगठनले पटक पटक लिनु पर्ने सुझाव दिन्छन् । लामो समय सम्म प्रहरी सेवामा काम गरे । ६१ बर्षिय उमेर पारगरेका शाहीले आफू प्रहरी कर्मचारी रहँदा संगठन प्रति बफादार रहेर सेवा प्रवाह गरेको सुनाए । सेवा निवृत्त भैसक्दा पनि संगठनले खोजीनितिगर्दै अभिभावकत्व सहित स्वास्थ्य शिविर मार्फत सेवा दिनु राम्रो कुरा हो । प्रहरी संगठनले बेला बेलामा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने शाहीले दोहोर्याए ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र मध्यपश्चिम क्षेत्रिय प्रहरी अस्पताल नेपालगञ्जको संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय बर्दिया प्रांगणमा निशुल्क स्वास्थ्य चेकजाँच, परामर्श तथा औषधी वितरण गरेको छ । कोभिड महामारीका बेला हुन सक्ने सम्भावित खतराहरु निराकरणका लागि स्वास्थ्य शिविर राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए ।

प्रहरी संगठनमार्फत पूर्व राष्ट्रसेवक, अमर प्रहरी शहिद परिवार लगायत वहालवाला प्रहरी कर्मचारीलाई सांगठनिक उत्तरदायित्व अन्र्तगत शिविर मार्फत स्वास्थ्य परिक्षण गरेका हौं । पूर्व प्रहरी, शहिद प्रहरी परिवारसँग प्रहरी संगठनको पारिवारिक सम्वन्ध स्थापितगर्दै स्वस्थ राख्न शिविरले महत्वपूर्ण योगदान गर्ने हाम्रो महशुस छ । शिविरमा २ सय १६ जनाले स्वास्थ्य सेवा लिएको एसपी कार्कीले प्रष्ट्याए ।

क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्जको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय बर्दियाले आयोजना गरेको शिविरमा प्रहरीसँग नभएका मुटु तथा हाडजोर्नी सम्वन्धि चिकित्सक भेरी अस्पताल नेपालगञ्जको सहयोगमा उपलब्ध गराईएको क्षेत्रत्रिय प्रहरी अस्पताल नेपालगञ्जका प्रहरी उपरिक्षक डाक्टर अभिमन्यु श्रेष्ठले बताए । शिविरमा सेवाग्राहीहरुको निशुल्क स्वास्थ्य जाँच, परामर्श सहित औषधी वितरण गरिएको छ । जिल्लाको अवधारणाले राखिएको शिविर फलदायी भयो । हामीले शिविर मार्फत निशुल्क नाक, कान, घाटी, डेन्टल, अर्थो, गाईनो लगायत जनरल ओपीडी सेवा उपलब्ध गराएका हौं ।

प्रहरी चिकित्सकले प्रदान गरेको स्वास्थ्य सेवाबाट लक्ष्य भन्दा धेरै सेवाग्राहीले लाभ लिएका छन् । कोभिड महामारीका बेला यसले पारेको प्रभावहरु नियन्त्रणका लागि शिविर राखिनु आफैमा राम्रो हो । प्रहरी उपरिक्षक श्रेष्ठले थपे वहालवाला र पूर्व कर्मचारीहरुको स्वास्थ्य प्रति चिन्तनगर्दै हामीले यस्ता शिविरहरुलाई निरन्तरता दिन्छौ ।

तपाइको मत