fbpx

बर्दियामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

हरिवंश पाण्डे, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड नं. ६ मोतिपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका एक पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुर ओराहि नजिक आज शव भेटिएको हो ।

मोतिपुर निवासि ६६ वर्षका गोरे थापा हिजो भैंसी चराउन नजिकैको सामुदायिक वनमा गाएको र बेलुका सम्म घर नफर्किएपछि घर परिवारले खोजतलास गर्दापनि नभेटे पछि खोजतलासको लागि बर्दिया राष्ट्रिय निकुञ्जमा जानकारी गराएका थिए । मृतकका परिवारले जानकारी गराएपछि प्रहरी, नेपाल आर्मी र बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती सहितको कर्मचारी र स्थानिय बासिन्दाको संयुक्त टोलीले खोज तलास गरेको थियो ।

खोजतलासका क्रममा ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ ओरही खोला पुल देखि अन्दाजी करिब ५ सय मिटर पर बाँध नजिकै मृत अवस्थामा शव भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । वन्यजन्तुको आक्रमणमा परी स्थानियको ज्यान गएकोमा प्रमुख संरक्षण अधिकृत श्रेष्ठले दुःख व्यक्त गर्नु भयो ।

तपाइको मत